खेत खेतमा पानी, गाउँ घरमै जवानी” भन्ने योजना चाडै ल्याउने : गुप्ता
0 623
प्रभु यादव, बारा ।। प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले आगामी बर्षको निति, कार्यक्रम तथा बजेटमा अध्यक्ष रोजगारी कार्यक्रमको रुपमा “खेत खेतमा पानी, गाउँ घरमै जवानी” भन्ने योजना चाडै ल्याउने बताएका छन् । उनले एक कार्यक्रमको उदघाटन गर्दै आगामी दिनमा बेरोजगारहरुलाई स्थानीय स्तरमै रोजगारको लागि अवसर सिर्जना गर्ने बताए ।
उनले प्रसौनी गाउँपालिका सेवा क्षेत्र भित्र रहेको कम्पनीहरु, उधोगहरुमा समेत नियम र कानुन सम्मत रोजगार सिर्जना गरी स्थानीय स्तरका युवाहरुलाई रोजगार दिईने बताए । बैदेशिक रोजगारका लागि युवाहरु यनि हाम्रो सामाजका जवानहरुले जवानी बिदेशमा बिताईरहेकोले अब त्यस्ता युवाहरुको लागि कृषि, उधोग, बिजनेस, व्यापार जस्ता साना तथा लघु कार्यक्रमहरुको माध्यमले रोजगार दिई बिदेशिन गएको जवानीको रक्षाको लागि ध्यानपुर्वक कार्य गर्ने बताए ।
बाराको कलैयामा आज युवा स्वरोजगार सम्बन्धि सरोकारवालाहरुसंग संवाद कार्यक्रम सम्पन्न कार्यक्रममा यस्तो बताएका हुन । यु.एन.डि.पी.को सहयोग तथा प्रसौनी गाउँपालिकाको आयोजना र दलित जनजाती उत्थान केन्द्र कलैया, बाराको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ता ज्यूको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रसौनीका रोजगार संयोजक मुकेश गुप्ता ज्यूले सहजीकरण गर्नु भएको थियो ।
प्रसौनी गाउँपालिकाका सबै वडाहरुबाट आएका ३० जना बेरोजगार युवा तथा युवतीहरुसंग संवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार संयोजक मुकेश गुप्ताले प्रसौनी गाउँपालिकामा बेरोजगार युवाहरुको अवस्था, अवसर तथा चुनौतीहरुको बारेमा बिश्लेषणात्मक कार्यपत्र समेत प्रस्तुतीकरण गर्नु भएको थियो । संयोजक गुप्ताले प्रसौनी रोजगार केन्द्रको माध्यमले आगामी दिनमा दिईने सेवाहरु र प्रकृयाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रसौनी गाउँपालिकाका उपप्रमुख गीता देवी साह, दलित जनजाती उत्थान केन्द्र कलैया, कार्यक्रम संयोजक राज नारायण राम लगायतको बिशेष उपस्थिती रहेको थियो । जितेन्द्र ठाकुरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत दलित जनजाती उत्थान केन्द्र, बाराका महासचिव जयमंगल ठाकुरले स्वागत गर्नु भएको थियो ।
0 623