bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

तयारी बिना पार्टी प्यालेशमा खुल्ला दिशा मुतm क्षेत्र घोषणा, कार्यक्रम बारे स्थानीय बेखबर

pokhariya Holi Notice

परवानीपुर ,२७ असार /
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमाल पार्टी प्यालेशमा एक कार्यक्रममा बिच खुल्ला दिशा मुतm क्षेत्र शुक्रबार घोषणा भएको छ ।खुल्ला दिशा मुतm क्षेत्र घोषणाको आवश्यक तयारी बिना हतार हतारमा गाँउपालिका अध्यक्ष हरीनारायण साह , निमित प्रमुख प्रशासकिय अधिकृत हरीओम प्रसाद र वडा अध्यक्ष अनिल रामको मिलोमतोमा पार्टी प्यालेशमा जिल्लाको ७० खुल्ला दिशा मुतm क्षेत्र घोषणा भएको छ ।
वडा नम्बर ३ मा रहेको पाँच सय ८५ वटा घरमध्ये अधिकांश परीवारको घरमा शौचालय नभएको स्थानीयले बताएका छन । चालु आर्थिक बर्षको बजेठ सकाउने तरीकाले तयारी बिना खुल्ला दिशा मुतm क्षेत्र घोषणा भएको स्थानीयबासीको भनाई छ । एकजना स्थानीयका अनुसार वडा नम्बर ३ खुल्ला दिशा मुतm क्षेत्र घोषणा भएको छ तर स्थानीयहरुलाई यसबारे जानकारी नभएको बताए ।

वडा खुल्ला दिशा मुतm क्षेत्र घोषणा गर्नेका लागी निमन्त्रणा कार्डमा विज्ञान भवणमा कार्यक्रम गर्ने स्थान तोकिए पनि बजेठ सकाउनका लागी परवानीपुरको बिएस पार्टी प्यालेशमा गुपचुप रुपमा खुल्ला दिशा मुतm क्षेत्र कार्यक्रम भएको स्थानीयले बताएका छन ।

खुल्ला दिशा मुतm क्षेत्र घोषणाका लागी दुई लाखको बजेठ छुटयाईएको भएपनि डेढ लाख खर्च गरी बाँकी रकम अनियमितता भएको स्थानीयले आरोप लगाएका छन ।

यस बिषयमा जानकारीका लागी गाँउपालिका अध्यक्ष हरीनारायण साह, निकित प्रमुख प्रशासकिय अधिकृत हरीओम प्रसाद र वडा अध्यक्ष अनिल राम संग सम्पर्क गर्ने खोज्दा फोन उठेन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer