Ultimate magazine theme for WordPress.

बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई आर्थिक सहयोग

देवताल गाउपालिका सामाजिक शंदेश
0 399
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

राम नारायण ठाकुर, सिरहा ।

फेटा गापा सामाजिक संदेश ०७८

सिरहा जिल्लाको मिर्चैया नगरपालिका द्धारा बाढीमा ज्यान गुमाएका परिवारलाई नगद २०,०००(विस हजार)को दरले किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन ।सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन् ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan

मिर्चैया नगरपालिका वडा नं. ४ कुथनमाका संतोष साहलाई मेयर श्रवण कुमार यादबले २० हजारका दरले किरिया खर्च दिएका हुन् । सन्तोष साहको १० वर्षीया छोरी प्रिङका साहको बाढीमा डुबेर मृत्यु भएको थियो । सोही ठाउँका बद्री महतोलाई मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलेको हातबाट नगद २० हजार किरिया खर्च दिएका हुन् । बद्रीको १२ वर्र्षीया छोरी राघनी महतोकोे बाढीमा डुबेर मृत्यु भएको थियो ।

बाढीबाट मृतक, घाइते तथा अन्य पीडित परिवारलाई समेत सहयोग गर्ने मेयर यादबले प्रतिवद्धता जनाए । उनले बाढी र बर्षाले ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

cin bigyapan