उधोग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादबले धनुषाभन्दा सिरहाको अवस्था भयावह रहेको बताएका छन् । आज जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले कमला बाँध भत्किने खतरा अझै रहेको पनि बताए । उनले भने, ‘बाँध भत्किने खतराले जनता त्रासमा छन् ।’
उनले बाढीले पूर्ण रुपमा क्षतिग्रस्त बनाएको घर सरकारले बनाउने प्रतिवद्धता समेत जनाए । मन्त्री यादबले चुरे दोहनका कारण मधेसमा बाढीले वितण्डा मच्चाएको विषयमा केहि बोल्न चाहेनन् । उनले यसबारे अहिले किह नबोल्ने बताए । उनले भने, ‘क्रसर डन र माफियाबारे समेत अहिले केहि बोल्न सक्दिनँ ।’ उनले तत्काल राहत वितरणमा जुट्न सम्पूर्ण पक्षसँग अपिल समेत गरे ।