bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मिर्चैयामा नयाँ कर नीतिको विरोधमा  व्यापारीहरु

pokhariya Holi Notice

 

रामनारायण ठाकुर, सिरहा । 

मिर्चैया नगरपालिकाका व्यापारीहरुले सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा आईतबार विरोध ¥याली निकालेका छन् ।

रामनगर मिर्चैया उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले नगर बजार परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए । रामनगर मिर्चैया उद्योग वाणिज्य संघको कार्यालयबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकार साहले बताए ।

कोण सभालाई सम्बोधन गर्दै मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकार साहले सरकारले ल्याएका ऐन अव्यवहारिक रहेकोले तत्काल फिर्ता नलिए लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित हुने बताउनुभयो ।

नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठले बताए । त्यसै गरि जिल्ला उधोग वाणिज्य संघ, लहान उधोग वाणिज्य संघ, गोलबजार उधोग वाणिज्य संघले पनि विरोध ¥याली निकालेका थियो ।

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer