bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

उपमेयर खातुन सार्वजनिक रुपमा अपशब्द भाषा बोलेपछी

उपमेयर खातुन सार्वजनिक रुपमा अपशब्द भाषा बोलेपछी ।

pokhariya Holi Notice

बिरगंज ७ साउन ।

बिरगंज । सार्वजनिक रुपमै अश्लिल र अपशब्द बोल्ने प्रदेश २ मै पहिलो महिला कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुन भएकी छिन ।

जनप्रतिनिधीको गरिमा लाई लात लगाई सार्वजनिक रुपमै मिडियाकर्मीकै अगाडी अपशब्द असलिल भाषा प्रयोग गर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबुु राउत, प्रदेश सामाजिक विकास मन्त्री  नवल किशोर साहको चर्चा न सेलाउदै उपमेयर खातुनको कुरो बाहिर आएको हो ।

सोमवार बिरगंज स्थित आवाज एफएम रेडियोमा लाईभ प्रशारण तथा सामाजिक सञ्जाल फेसबुकमा समेत लाईभ अन्तरवार्ता दिने क्रममा कटहरिया नगरपालिकाकी उपमेयर नुुरजहाँ खातुनले हदै सम्मको अश्लिल अपशब्द भाषाको प्रयोग गरेकी छिन ।

एउटा भद्रमहिलाले सुुन्न र बोल्न पनी नसक्ने शब्दहरु उपमेयर खातुनले नेपाली र हिन्दी भाषामा लाईभ प्रशारणमै दोहरयाएकी थिईन ।

समाजमा कुरिती हटाई ज्ञान र चेतना फैलाउने रेडियो र फेसबुक मार्फत प्रत्यक्ष प्रशारणमै उपमेयरको त्यस्ता भाषा सुनेर कटहरिया बासी आक्रोसित र लजित समेत भएका छन ।

आफनो हक अधिकारको कुरोगर्न जाँदा स्थानिय तहको न्यायिक समितिको संयोजक जस्तो गरीमामय पदमा बसेकी उपमेयर खातुनको अभिब्यक्तीको सर्वत्र आलोचना हुनथालेको हाम्रो गौर संबाददाताले जनाएका छन ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले बहुमतको दम्भमले आफनो अधिकार
हनन गरेको बारे रेडियो र सामाजिक सञ्जालमा उपमेयर नुरजहाँ खातुनले लाईभ अन्तरवार्ता दिँदा हजारौ स्रोताले सुुनेको तथा फेसबुक फलोवरले प्रत्यक्ष देखेका थिए ।

उपमेयर खातुनले रेडियो मार्फत अन्तरवार्तामा दिएको अभिब्यक्तीको लाईभ भिडियो आफुु संग सुरक्षित रहेको हाम्रा संबाददातादे दावी गरेका छन । यश अघि पनि नगरसभामा स्थानीय सर्वसाधारण र प्रबुद्ध ब्यक्तीलाइ तथानाम गाली गलौज गर्दै लाजमर्दो तरिकाले प्रस्तुत भएका थिइन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer