bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सिरहा र सप्तरीमा चट्यांगलागेर ३ जनाको ज्यान गयो

pokhariya Holi Notice

प्रदेश २, श्रावन ०७ ।। 

सिरहामा म‌ंगलबार बिहान मेघगर्जन र वर्षासँगै परेको चट्याङ लागेर १ जनाको ज्यान गएको छ । सिराहा को अर्नामा गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय बिजलि महराको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा कोदालो चलाइरहेको बेला दिउसो २ बजे चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरि कार्यालयले जनाएको उदृत गर्दै हाम्रो सिरहा सम्बादाता मुकेश स्वामीले जानेका छन् ।

त्यस्तै

सप्तरीमा मंगलबार मेघगर्जनसँगै वर्षासहित परेको चट्याङ्मा दुई जनाको ज्यान गएको छ । ज्यान जानेहरुमा सुरुङ्गा नगरपालिका ३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका ११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरीको खेतमा काम गरिरहेको अवस्थामा र पण्डितको खेतबाट घर फर्किने क्रममा चट्याङ् लागेर मृत्यु भएको हो । चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।

खेतमा काम गरिरहेका आफ्ना श्रीमान लाइ खाना पुर्र्याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरीले जनाएको उदृत गर्दै सप्तरी सम्बादाता सुभनारायाण यादवले जनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer