कलैया, बारा ।
संरक्षण नेपाल बाराको सहकार्य तथा बहुउदेश्यीय सामुदायिक बिकास सेवा ललितपुरको सहयोगमा फेटा गाउँपालिकाको वडा नं १ स्थित उक्त बिधालयमा पोशाक बितरण गरिएको हो ।
हावा हुरीबाट प्रभावित बालबालिकाहरुको अध्यनमा सहयोग पुग्ने उदेश्यले उक्त पोशाक बितरण गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताउनु भयो ।
हावाहुरी प्रभावित बालबालिकाहरुको लागि बिधालय पोशाक बितरण कार्यक्रम फेटा गाउँपालिकाको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय भलुहीमा बितरण गरिएको छ ।
सो बिधालयमा अध्यनरत १ कक्षा देखि ५ कक्षा सम्मका २ सय ३५ जना बालबालिकाहरुलाई सर्ट १ थान, पाइनट १ थान, चप्पल १ थान लगायतका सामग्रीहरु बितरण गरिएको संस्थाका अध्यक्ष कुशवाहाले बताए ।
हावा हुरीबाट प्रभावित बालबालिकाहरुलाई संरक्षण नेपालका कुशवाहा, एम.सि.डि.एस. का दलबहादुर सुनवार, मुकेश कुशवाहा, प्रभु मण्डल, कुलचन ठाकुर लगायतकाले उक्त शैक्षिक सामग्रीहरु बितरण गरिएको थियो ।