Ultimate magazine theme for WordPress.

बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जनप्रतिनिधि पक्राउ

देवताल गाउपालिका सामाजिक शंदेश
0 407
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

पर्वत । ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वतमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन् ।

फेटा गापा सामाजिक संदेश ०७८

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan

आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।

cin bigyapan