हवाहुरीबाट प्रभावितहरुलाई आयआर्जनका लागि शिपमुलक तालिम
कलैया, बारा ।।
चैत्र १७ गते बारामा आएको विनासकारी हावाबाट प्रभावित भएका महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाईमा बुधवार छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हावाहुरीवाट प्रभावितहरु लाई प्राय सबै निकायहरु राहत तथा पुनर स्थापनाका लागि काम गरिरहेको भएपनि कारीतास नेपाल नामक संस्थाले तेलगाईका १ सय १४, देवताल गाँउपालिका वडा नम्बर ७ रामपुर्वाका १ सय ३४ जना घरपरिवारलाई शिपमुलक तालिम दिनका लागि काम शुरु गरेको सहकार्य संस्था जनजागरण यूवा क्लवका अध्यक्ष भैयाराम यादवले बताए ।
तिनीहरुलाई आयआर्जनका लागि मोवाईल मर्मत, तरकारी खेती, लघु व्यवसाय र सिचाईका लागि वोरिङ्गको व्यवस्था समेत किसानहरुका लागि मिलाउने जेजेवाइसीका कृषि प्राविधिक प्रभु यादवले बताए ।
यसरी संस्थाले गाँउ ठाँउमा आएर सहयोग गर्ने शाहस देखाएकोमा स्थानिय राजकुमार यादवले खुसी ब्यतm गरे । तालिमबाट प्रभावितहरुलाई आयआर्जनमा टेवा पुग्ने वडा नम्बर ७ का वडाअध्यक्ष रामजन्म यादवले बिस्वास व्यक्त गरे ।
कार्यक्रममा जनप्रतिनिधि गाउका बुद्धिजीवी पार्टी प्रतिनिधि लगायतको सहभागिता रहको थियो ।