Ultimate magazine theme for WordPress.

हावाहुरीबाट क्षती भएका घरहरु, पुननिर्माण ८० प्तिशत कार्यहरु सम्पन्न : नेपाली सेना

देवताल गाउपालिका सामाजिक शंदेश
0 319
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

जीतपुर, साउन १७ गते — नेपाली सेनाको कार्य दलले जनता आवास पुननिर्माणमा भईरहेको गतिबिधिको पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बारा र पर्सा जिल्लामा चैत १७ गते आएको बिनासकारी हावाहुरीबाट पुर्ण रुपमा क्षती भएका घरहरु पुननिर्माण गरी ८ सय ८१ वटा घर भाद्र महिनाको दोस्रो साता नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

फेटा गापा सामाजिक संदेश ०७८

सेनाले करिब ८० प्तिशत कार्यहरु सम्पन्न गरिसकेको छ । पुर्ब निर्धारित समय श्रावन २६ गते नै घर निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि समय समयमा आएको बर्षा र हावाहुरका कारण ९ दिन कार्य अवरुध हुन गएको कार्यदलका कमाण्डर साहयक रथी बिनय बिक्रम राणाले जानकारी दिए । सेनाले बनाएको घर भुकम्प र हुरीबतास प्रतिरोधी ,अबिरल बर्षाले असर नपार्ने ,५० बर्ष खपत अवधि भएको र सजिलै आगो लाग्न नसक्ने किसीमको रहेको ईन्जिनीयर अधिकृत सेनानी महेन्द्र सिजापती थापाले जानकारी दिनुभयो ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

तराईको गर्मीबाट बचाउन थर्मो ईन्सुलेटेड नन र्न रुफ जडान गरिएको ईन्जिनीयर थापाले बताए ।

cin bigyapan

नेपाली सेनाले चार चरणमा घर निर्माण गरिरहेका छ । पहिलो चरणमा जग्गा खनि डि.पि.सि. गर्ने ,दोस्रो चरणमा रुफ लेबलसम्म ब्लकलाई झयाल ,ढोकार हाल्ने कार्य ,तेस्रो चरणमा ट्रस जडान गरि रुफिङ गर्ने कार्य र चौथो चरणमा घरको फिनिसिङ गर्ने कार्य गरिरहेको छ ।

घर निर्माण कार्यमा २९ सय ५३ दक्ष र अदक्ष फौज र ३ सय ७२ जना गैह« सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बिरोधका स्वरुपहरु सुनिनु स्वभाबिक भएपनि सरकारबाट पुर्ण रुपमा क्षती भएकाको मात्र घर निर्माण गर्ने निर्देशन दिएकाले सोही अनुसार कार्यदलले कार्य गरेको बताए । अहिले कोही चाहेर पनि त्यसमा फेरबदल गर्न सक्ने अवस्था नरहेको जानकारी दिए ।

cin bigyapan