bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कलैयामा चोरको बिगबिगी, दिनदहाडै एकाजाको घरमा भयो चोरी

pokhariya Holi Notice

कलैया, बारा ।। 

बाराको सदरमुकाम कैयामा दिन दहाडै चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको दुइ सय मिटर दक्षिण र उप-महानागरपालिकाको कार्यालय भन्दा ५० मिटर उत्तर तर्फ सुरज थापाको घरमा चोरी भएको छ । सदरमुकाम भएको ठाउमा दिन दहाडै चोरी हुनु भनेको प्रशासनको लापारवाही रहेको स्थानियाहरुको बुझाइ र भनाइ रहेको छ ।

एउटा नेता आउदा सयकडौ प्रहरी खटाइन्छ  तर निर्वाचन कार्यालय र नगर कार्यालय को बीचभागमा रहेको ठाउमा कहिले पनि एउटा प्रहरी नरहेकोले यस्तो घटना हुनगएको स्थानीयहरुको भनाइ रहेको छ ।

थापाको घरबाट एकतोला सुनको गहना, १५ हजार नगद तथा २० हजार मुल्य भएको sammang को मोबाइल चोरी भएको थापाले जनाएका हुन् ।

थापाको घरमा सबैजना ताल्चा लगाई साझ करिब ५ बजे बजार गर्न गएको बेला चोरले मौका छोपी सोहि बेला चोरी गरेको थापाले जनाएका हुन् । थापाका घरपरिवारले करिब ६ बजे बजारबाट फर्के पछी ताल्चा फुटेको हेरेर थाहा पाएको थापाले जनाएका हुन् ।

चोरहरुको खोजतलास तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer