Ultimate magazine theme for WordPress.

चार स्थानीय तहमा तेली कल्याण समितिको समिति गठन

देवताल गाउपालिका सामाजिक शंदेश
0 321
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

वीरगन्ज (पर्सा), १८ साउन । 

फेटा गापा सामाजिक संदेश ०७८

पर्साको सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकामा आज सम्पन्न छुटाछुटै भेलाले तेली कल्याण समितिको गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । सखुवाप्रसौनीको महुवन स्थित स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भेलामा तेली कल्याण समितिका केन्द्रिय उपाध्यक्ष विश्वनाथ साह, जिल्ला अध्यक्ष ध्रुव साह, तेली कल्याण समाजका असर्फि साह, दिनानाथ साहको विशेष उपस्थितिमा गाउँपालिका स्तरीय समिति गठन भएको हो ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

शिव कुमार साहको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा चन्दनकुमार साह, कोषाध्यक्षमा शिवकुमार साह तेली, सचिवमा विशेश्वर प्रसाद साह तेली, सहसचिवमा रामबाबु साह तेली र सदस्यहरुमा धर्मराज साह तेली, अशोक साह, लालबहादुर साह, विजा साह, हजारी साह, अनिल कुमार साह रहनु भएको छ । त्यसैगरी समितिको सल्लाहकारमा जदु प्रसादसाह, झोटी साह, लालाबाबु साह, शम्भु साह, कन्हैया प्रसाद साह,भागिरथ साह, मातृका साह रहनु भएको छ ।

cin bigyapan

त्यसैगरी आजै पटेर्वासुगौली गाउँपालिका मा सम्पन्न तेली कल्याण समाजको गाउस्तरीय भेलाले वृजेश कुमार साह तेलीको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नन्दु साह , सचिवमा शम्भु साह तेली, सहसचिवमा रमेश साह तेली, कोषाध्यक्षमा प्रमोद साह तेली र सदस्यमा जोगेन्द्र साह, असर्फि साह, मुक्ति साह, किशोरी साह, राजदेव साह रहनु भएको छ । भेलामा सखुवाप्रसौनी तथा पटेर्वा सुगौलीका सयौंका संख्यामा तेली समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी तेली कल्याण समाज जिराभवानी गाउँपालिकामा आज सम्पन्न भेलाले राजेश्वर साह तेलीले अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा लक्ष्मी साह तेली, सचिवमा जोगेन्द्र साह तेली, कोषाध्यक्षमा शम्भु साह तेली, सहसचिवमा मेघराज साह तेली र सदस्यहरुमा विरेन्द्र साह तेली, बुधन साह तेली, नथुनी साह तेली, किशोरी साह तेली, रामायण साह तेली, त्यसैगरी आजै जगरनाथपुर गाउँपालिकामा समेत तेली कल्याण समाजको भेलाले मनोज साह तेलीको अध्यक्षतामा गाउँपालिका स्तरीय समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा अनिल साह तेली, सचिवमा बुधराम साह तेली, कोषाध्यक्षमा छोटेलाल साह तेली, सहसचिवमा विजय साह तेली लगायतका रहेका छन् । तेली कल्याण समाज पर्साका सदस्य अशोक साह तेलीको संयोजकत्वमा जगरनाथपुर र जिराभवानी गाउँपालिकामा समिति गठन भएको हो ।

cin bigyapan