bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश नम्बर २ मा दुर्घटनामा परी ४ सय ९६ मृत्युः१२ सय ६९ जना घाइते

pokhariya Holi Notice

गणेश कुमार शर्मा
सिरहा,श्रावण १९ गते । प्रदेश नम्बर २ मा दुर्घटनामा परी १२ सय ६९ जना घाइतेः ४ सय भन्दा बढीको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७५÷७६ को श्रावण देखि आषाढ मसान्त सम्म १ वर्षमा १५ करोड ४२ हजार ५ सय राजस्व संकलन गरेको छ । सवारी चेक जाँचमा कडाइ गरेसँगै ओभर लोड भएका सवारी साधनहरुबाट एक वर्षमा १५ करोड ४२ हजार ५ सय राजस्व संकलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पालले बताए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले श्रावण देखि आषाढ मसान्त सम्ममा १५ करोड ४२ हजार ५ सय राजस्व संकलन गरेका छन् । त्यैस मध्ये ट्रक ८४ हजार ४ सय ८९, बस १७ हजार २ सय २७, जीप कार २८ हजार ७ सय ५४, मोटरसाइकल ७४ हजार ८ सय ५४, ट्रयाक्टर १७ हजार ८ सय २२ र अन्य ७ हजार ८ सय ७३ गरी जम्मा २ लाख ३१ हजार १९ सवारीसाधन कार्वाहीमा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पालले बताए ।

प्रदेश नम्बर २ मा दुर्घटनामा परी पूरुष ३ सय ५१ जना,महिला ७८ जना बालक ४२ जना बालिका २५ जना जम्मा ४ सय ९६ जनाको मृत्यु भएका छन् । भने गम्भिर घाइते ६ सय ५६ जना,समान्य घाइते ६ सय १३ जना गरी जम्मा १ हजार २ सय ६९ जना घाइते भएका छन् । प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैया र मातहतका ट्राफिक प्रहरीहरुले विशेष सवारी चेक–जाँच अभियान नैं सञ्चालन गरेर कारवाहि गर्न थालेको प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक योग बहादुर पालले जानकारी दिए ।

कुन जिल्लामा कति जनाको मृत्यु

सप्तरीः– जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६९ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४८ जना,महिला १७ जना बालक ३ जना बालिका १ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सिरहाः– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले श्रावण देखि आषाढ मसान्त सम्ममा १४९ बटा सबारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ८७ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ७० जना,महिला १२ जना बालक २ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।

पर्सा ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी २६ जनाले मृत्यु भएका छन् । जसमा पूरुष १८ जना,महिला ४ जना बालक १ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

धनुषा ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६४ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४५ जना,महिला ८ जना बालक १० जना बालिका १ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महोत्तरी ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ४६ जनाले मृत्यु भएका छन् । जसमा पूरुष २७ जना,महिला १० जना बालक ६ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सर्लाही ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ७४ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४७ जना,महिला ८ जना बालक १२ जना बालिका ७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रौतहट ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६४ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४९ जना,महिला ७ जना बालक ४ जना बालिका ४ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बारा ः– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले श्रावण देखि आषाढ मसान्त सम्ममा दुर्घटनामा परी ६६ जनाले मृत्यु भएका छन् । जसमा पूरुष ४७ जना,महिला १२ जना बालक ४ जना बालिका ३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसै गरि गत ३ वर्ष मा विवारण

आर्थिक बर्ष २०७२÷०७३ मा ३ सय १४ जनाको मृत्यु भएका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७२÷०७३ को श्रावण देखि आषाढ मसान्त सम्म १ वर्षमा ९ करोड १८ लाख ७१ हजार ५ सय राजस्व संकलन गरेको छ । त्यसैगरी आर्थिक बर्ष २०७३÷०७४ मा ४ सय ६ जनाको मृत्यु भएका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७३÷०७४ को श्रावण देखि आषाढ मसान्त सम्ममा १५ करोड ९४ लाख २२ हजार राजस्व संकलन गरेको छ ।

गत आर्थिक बर्ष २०७४÷०७५ मा ३ सय ९४ जनाको मृत्यु भएका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले चालु आर्थिक वर्ष ०७४÷०७५ को श्रावण देखि आषाढ मसान्त सम्ममा १४ करोड ८३ लाख ६२ हजार राजस्व संकलन गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पालले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer