विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

चितवनका युवा पत्रकार मृत भेटिए,घटना रहस्मय

cin bigyapan

चितवन ,२२ साउन –  माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

उनी सोमबार दिउँसो ३स्३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका थिए ।

आदर्श कोतवाल स्वास्थ्य

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं। २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै माउण्टेन टिभीमा काम गर्न थालेका थिए ।

उनले सो टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । यसअघि, उनी न्यूज २४ को सीधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.