CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.

तामाङ समुदायका महानायक अमिर दोङको चर्चा गाँउदेखी शहर सम्म

0 480
Bara Gadhi Notice winter

विवेक लोप्चन
काठमाडौं श्रावण २४ गते । निरन्तर परिश्रम नै सफलताको सिढी हो । हो त्यस्तै जीवन्त अभिनय र कलाले दर्शको मायाका कारण तामाङ समुदायमा एउटा गहिरो छाप र योगदान गर्ने चलचित्र जगतका एक सुपरस्टार हुन अमिर दोङ । हजारौ म्युजिक भिडियो,दुइ दर्जन चलचित्रमा अभिनय र एक दर्जन भन्दा बढी निर्देशन गरेर चलचित्र जगतमा स्थापित कलाकार दोङको चर्चा शहर देखी गाउसम्म छ । पछिल्लो समयमा तामाङ चलचित्रलाई नियाल्ने हो भने धेरै चेतनामुलक,शिक्षामुलक चलचित्र प्रदर्शन भैसकेको छ् । अहिलेसम्मकै अपडेटमा हेर्दा सबैभन्दा बढी तामाङ चलचित्र निर्देशन र नायकको भूमिकामा अभिनय गरेका सुपरस्टार हुन आमिर दोङ ।

बाल्यकाल

प्रसौनी गापा सामाजिक संदेश ०७८

काभ्रेपलाञ्चोक जिल्लाको मंगलटार पिङथली ९ मा बि सं २०४० असोज २६ गते अमिर दोङको जन्म भएको हो । बुवा उत्तर कुमार लामा र आमाको नाम असलिमाया थोकरको माहिलो छोरा हुन दोङ । गाउँ नजिकैको मंगल जनविजय माध्यामिक विद्यालयमा अध्ययन गरेका दोङ विशेषगरी नाच्ने गाउँनमा बिशेष रुची राख्दथे । सामान्य परिवारमा हुर्किएको अमिर सानैबाट जिग्यासु ,चन्चल र लजालु स्वाभावका थिए ।

कलाकारिता यात्रा

सुरुमा चन्द्रकुमार दोङको स्वरमा सजिएको तामाङ गीत ‘तेमाल नाम्साला ङा छारि ब्योन’ मा जीवनमा पहिलो अभिनय गरेपछि तामाङ कथानक चलचित्र ‘ल्हेङ स्याला सेमजो’ देखि हालै प्रदर्शनको तयारीमा रहेको “ङिङ्जे” सम्म आइपुग्दा १६ वटा चलचित्रमा निर्देशन र दुई दर्जनको हराहारीमा नायकको अभिनय गरिसकेका छन् भने नेपाली भाषाको चलचित्र ‘सुर्य किरण’ बाट नेपाली चलचित्र उद्योगमा समेत आफ्नो निर्देशन यात्रा सुरुवात गरेका छन । ‘आसेना लाबा गल्ती’ नामक भाषिक चलचित्रबाट निर्देशनको काम थालानी गरेका दोङ चलचित्रलाई समुदाय, व्यक्ति र समाजको एक ऐना हो भन्नु हुन्छ ।

तामाङ चलचित्र जगतमा योगदानको हिसाबले हेर्ने हो भने पनि समुदायको संकार,परम्परा,भेषभुषा साथै सिङ्गो जातित्व र पहिचानलाई चलचित्रमा उतारेका दोङ्को योगदान बर्णन गरी नसक्नु छ् । आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजलाई प्रतिनिधित्वसमेत गरेक छन । तामाङ् चलचित्र जगतमा सङ्ख्यात्मक रुपमा बढी निर्देशन र अभिनय गरिसकेका दोङको चलचित्र बिश्लेषण गर्दा सङ्ख्यात्मक रुपमा मात्र नभैइ चेतनामुलक र समाजमा सन्देश दिने खालका हुने गरेको दर्शक र तामाङ चलचित्रकर्मीहरु बताउछन ।

अभिनित चलचित्र

Karaiya Mai Notice Winter

लेङ्स्याला सेम्जो, आमाला माया, गल्ती ताजि, ज्यो ज्यो आले, छ आङाला मिख्ली, चाङ्सुइमी, दोर्जेला नाङ, असेना लबा गल्ती, कर्मला ग्याम, येला मायासे, ङाला कर्म, मायासे लासी, कुन्ज्यो सोम, ङेमा दावा, ह्याङ्ला रिमठिम ,अमिर ज्यो ज्यो, मायासे लासी २, म्हेन्दो, ह्युल्ला रक्षक, ङाला माया, अमिर ज्यो ज्यो २, देन्बा माया जस्ता चलचित्रमा दोङ्ले प्रमुख भूमिकामा अभिनय गरिसकेका छन । पछील्लो समय म्हारमेन र ङिङ्जेको तयारीमा जुटिरहेको दोङ्ले बताए ।

निर्देशित चलचित्र

निर्देशनको पाटोलाई केलाउदा अमिर दोङले आसेना लबा गल्ती, ङाला कर्म, मायासे लासी, कुन्ज्यो सोम, ङेमा दावा, ह्यङ्ला रिमठिम, अमिर ज्यो ज्यो १ र २ , मायासे लासी, म्हेन्दो, ह्युल्ला रक्षक, ङाला माया, अमिर ज्यो ज्यो र देन्बा मायामा निर्देशन गरेका छन । जुन तामाङ चलचित्र जगतमै सबैभन्दा बढी निर्देशन गर्ने ब्यक्ती हुन अमिर दोङ ।

अवार्ड

तामाङ म्युजिक फिल्म अवार्ड दोस्रो संस्करणमा ‘मायासे लासी’को वेस्ट डाइरेक्टर ,संघ संस्थाले गरेको सम्मानपत्रहरु ।

डम्फु मिडिया

चलचित्र निर्देशन,अभिनय साथै म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त दोङ राजनीतिक ढंगको कथावस्तुमा चलचित्र निर्माण गर्ने सोचमा रहेको बताएका छन । देश तथा बिदेशमा समेत चलचित्र प्रदर्शन गरिसकेका दोङ स्टेज शो कार्यक्रमहरुमा उत्तिकै ब्यस्त छन । तामाङ् गीत ,सङ्गित साथै चलचित्र यात्रा अघी बढाउन डम्फु मिडियाको स्थापना गरेका छन । पछिल्लो समय उहाँले स्थापना गरेका युटुब च्यानलले राम्रो लोकप्रियता हासिल गर्न सफल रहेको छ ।

यसकारण तामाङ चलचित्र जगतका महानायक

सिङ्गो तामाङ चलचित्र जगतलाई निरन्तर रुपमा अघी बढाउनको लागि महत्वपूर्ण योगदान दिने दोङलाई तामाङ चलचित्र जगतको खम्बा नै मानिन्छ । चलचित्रमा दिएको योगदान, चलचित्रबाट समाजमा प्रदान गरेका चेतना साथसाथै अभिनय,निर्देशनको पाटोलाई एकाएक केलाउदा सुपरस्टार आमिर दोङ्लाई तामाङ चलचित्र जगतका महानायक भन्दा केही फरक नपर्ला । चलचित्रको संख्यात्मक मात्र नभई समाजमा र सिङ्गो चलचित्र जगतमा दिनरात खट्ने दोङ कलाकारिता यात्रामा निरन्तर लागिपरेका तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्लाई थप सफलताको शुभकामना

Baiju sah
Leave A Reply

Your email address will not be published.