जिल्ला प्रहरी कार्यालय सिरहामा घरेलु हिंसाको उजुरी बद्यो
गणेश कुमार शर्मा
सिरहा, श्रावण २६ गते । जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष २०७५÷०७६ श्रावण देखि आषाढ मसान्त सम्म १ वर्षमा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ५ सय ५७ घरेलु हिंसा र ५ सय ११ महिला हिंसा तथा ३ सय १९ हराएका तथा फेला परेका महिला र बालबालिका साम्बन्धी उजूरी अएका छन । प्रहरीमा परेका उजुरीमा दाईजोका कारणले हुने हिंसा नखुलाइए पनि अधिकांश हिंसाका घटना दाइजोसँग सम्बन्धित रहेको महिला अधिकारकर्मी श्याम साहले बताएकी छीन ।
तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷०७६ मा घरेलु हिंसाको उजुरी बढेर ५ सय ५७ पुगेको छ । जसमध्ये २ सय ७६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । त्यसै गरि महिला हिंसाको उजुरी बढेर ५ सय ११ पुगेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको उजुरी बढेर ३ सय १९ पुगेको छ । जसमध्ये २ सय ६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ ।
गत आर्थिक बर्ष २०७४÷०७५ मा घरेलु हिंसाका ४ सय ६ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । त्यसै गरि महिला हिंसाका २ सय ४२ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय ४१ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको २ सय ३८ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय २९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल राज बोहरनले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) बोहरनका अनुसार महिलाहरुमा हिंसा सहनु हुँदैन भन्ने जागरुकता बढेकोले नै उजुरी पहिले भन्दा बढी आउन थालेको दाबी गरे । उजुरी बढी दर्ता हुनुलाई हिंसा बढेको भन्न मिल्ने भएपनि महिलाहरुमा जागरुकता समेत उत्तिकै बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) बोहरनले बताए ।
कुन वर्षमा कति उजुरी
आर्थिक वर्ष ०७३÷०७४ मा घरेलु हिंसाको उजुरी बढेर २ सय २३ पुगेको छ । जसमध्ये १ सय ६० उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । त्यसै गरि महिला हिंसाको उजुरी बढेर १ सय १६ पुगेको छ । जसमध्ये ८३ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको उजुरी बढेर १ सय २९ पुगेको छ । जसमध्ये ८६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ ।
गत आर्थिक बर्ष २०७४÷०७५ मा घरेलु हिंसाका ४ सय ६ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । त्यसै गरि महिला हिंसाका २ सय ४२ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय ४१ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ । तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको २ सय ३८ वटा उजुरी घटनाहरुको उजुरी परेको छ । जसमध्ये १ सय २९ उजुरीमा मिलापत्र मिलापत्र भैसकेको छ ।
आर्थिक वर्ष ०७५÷०७६ मा घरेलु हिंसाको उजुरी बढेर ५ सय ५७ पुगेको छ । जसमध्ये २ सय ७६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । त्यसै गरि महिला हिंसाको उजुरी बढेर ५ सय ११ पुगेको छ । जसमध्ये २ सय ४९ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ । तथ्यांकअनुसार हराएका तथा फेला परेका महिला र बालबालिकाको उजुरी बढेर ३ सय १९ पुगेको छ । जसमध्ये २ सय ६ उजुरीमा मिलापत्र गराइएको तथ्यांकले देखाउँदछ ।