bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मेयर र सिडियोलाइ समाजको कुरिती हटाउनका लागि नागरिक संवाद मंच द्धारा  ध्यानार्कषन पत्र

pokhariya Holi Notice

कलैया, बारा ।। 

सुन्दर शान्त नेपाल परियोजना अन्तरगत गठन भएको जिल्ला स्तरिय नागरिक सम्बाद मंच बाराले कलैया उप-महानगरपालिकाका मेयर राजेश राय यादवलाई ध्यानार्कषन पत्र बुझाएका छन् । जनजागरण युवा क्लबको सहजीकरणमा मंचले बिभिन्न जनसरोकारका बिषयहरुमा सम्बाद गराउदै असमझदारिलाई न्यूनिकरण गर्दै सुन्दर शान्त समाज र नेपालको परिकल्पना बमोजिम समाजमा बजिरहेका ठुलो स्वरका डिजे साउण्ड र हरेक खालका अस्लिल गित लाइ बन्द गराउन अभियान गर्दै आएको जानकारी दिईएको थियो ।

जातिय विभेद, छुवाछुत, मठमन्दिर तथा सामुहिक यज्ञमा दलित समुदायका ब्यतिmहरुलाई प्रवेश निषेदको बिषयमा, सडकमा धुलो धुवाका कारण जन मानसमा पर्न गएको असरका बारेमा, महिला हिंसा, वाल विवाह, दाईजो प्रथालाई न्यूनीकरण गर्नुको साथसाथै शिक्षा , स्वास्थ्य, सरसफाईका लागि नागरिक समाज मंच सक्रिय रुपमा अगाडी बढी रहेको ध्यानकार्षन पत्रमा उल्लेख गरिएको संवाद मंचका सदस्य प्रभु यादवले जानकारी दिए ।

त्यति मात्र नभई राजनीतिक, आर्थिक र सामाजिकरूपले पछाडि पारिएका विभेद र उत्पीडन तथा मानव विकास सुचांकको स्तरभन्दा न्यून स्थितिमा रहेका समुदाय, सिमान्तकृत समुदाय , लोपोन्मुख समुदाय, आर्थिक, सामाजिक, राजनीतिक, रोजगारी र शिक्षामा पछाडि परेको जात जाति, धर्म, वर्ग, यौनिक अल्पसंख्यकहरुको उथ्थानका लागि, सिनेटरी प्याडको प्रयोगमा जनचेतना जगाउनलाई पनि कलैया उपमहानगरपालिकाको ध्यानाअर्कषन गराउनका लागि सो पत्र बुझाएको संवाद मंचका सदस्य मंजु सुवेदीले भनिन् । कलैया उपमहानगरपालिका भित्र रहेको सबै सरकारी बिधालयहरुमा महिला मैत्री शौचालय निर्माण गर्नका लागि २७ वटै वडाहरुलाई समेत नगरपालिकाबाट पहल गरिदिन ध्यानाआर्कषन पत्रमा भनिएको छ ।

बेलायती दूतावास अन्तरगतको द्वन्द्ध, सुरक्षा तथा स्थायीत्व कोषको आर्थिक सहयोग तथा सेफर वल्र्ड, इन्टरनेशनल एलर्ट र बी.बी.सी. मेडिया एक्सनको पहलमा नेपालको ८ जिल्लामा संवादका कार्यक्रम संचालन भईरहेको छ ध्यानाअर्कषन पत्र बुझदै मेयर यादवले नागरिक संवाद मंचको पहल अति सराहनिय रहेको भन्दै अभियानलाई पुर्ण रुपमा सहयोग गर्न प्रतिवद्धता ब्यतm गरे ।

ध्यानाआर्कषन पत्र बुझाउनेहरु सिकेन्द्र पासवान, प्रभु यादव, मंजु सुवेदी, रेजिना राम, पत्रकार अनिल बर्मा, संन्तोष यादव, सुन्दर शान्त परियोजनाका कार्यक्रम संयोजक श्री निवास बैठा लगायतका रहेका थिए । यसै विच प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई पनि ध्यानाआर्कषन पत्र बुझाएको हो । पत्र बुझदै प्रजिअ पौडेलले समाज परिवर्तन गर्ने यो महाअभियानमा आफु आफनो स्तरबाट पुर्ण सहयोग गर्ने र जिल्लामा रहेको सबै स्थानिय तहका प्रमुखहरुलाई ईमेल मार्फत पठाई दिने प्रतिवद्धता जाहेर गरेका थिए । अभियानले गर्नुपर्ने काम पार्दशि बनाउनमा सजग र सचेत हुन जरुरी रहेको कुरामा जोड दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer