कलैया, बारा ।।
गत बर्ष कृषकहरुले बर्खे धान , भदैया धान ११ हजार ९ सय २५ हेकटर क्षेत्रफलमा खेति गरि प्रति हेकटर ४ दशमलव ७५ प्रतिशत मेट्रिकटन गरि कुल ५६ लाख ६१ हजार ४ सय २४ मेट्रिकटन र अगहनी धान ३८ हजार ५ सय ५० हेकटर क्षेत्रफलमा खेती गरि प्रति हेकटर ३ दशमलव ६० प्रतिशत मेट्रिकटनले १३ लाख ९ हजार १ सय १९ मेट्रिकटन गरि ५८ लाख १० हजार ५ सय ४३ दशमलव ६५ मेट्रिकटन धान उत्पादन भएको कृषि विज्ञ गेनालाल महतोले बताए । धानखेती बारा जिल्लामा शतप्रतिशत रोपाई भईसकेको कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले भने ।
बारा जिल्लामा यस बर्ष कृषकहरुले बर्खे, अगहनी र भदैया धान गरि कुल ५० हजार ४ सय ७५ हेकटर क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । कृषकहरुले बर्खे, भदैया धान कुल ११ हजार ९ सय २५, क्षेत्रफलमा हर्दिनाथ १, चैते ४, राधा ४ जातका, खेती गरिएको छ भने अगहनी धान कुल ३ हजार ८ सय ५० हेकटर क्षेत्रफलमा सोना मंसुली, सावित्री ,सवर्ण सवा १, मंसुली, राधा ११ जातका धान खेती गरिएको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।