राम नारायण ठाकुर,सिरहा,श्रवाण ३० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादब र मिर्चैया नगरपालिक वडा नं.७ का राम प्रगर यादबको विदेश पहलमा विदेशबाट अपाङ्गलाई आर्थिक सहयोग आएको छ ।
कतारमा बस्दै आएका नेपालीबाट सङ्कलन गरेर पठाइएको रु ८० हजार १ सय ६० रुपैया मिर्चैया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादबले मिर्चैया नगरपालिका वडा नं. ७ मा बस्ने ३२ वर्षका अपाङ्ग अरुण कुमार महरालाई हस्तान्तरण गरे । मिर्चैया नगरपालिक वडा नं.७ का राम प्रगर यादबको आग्रहमा कतारमा बस्दै आएका नेपालहरुबाट रकम सङ्कलन गरिएको हो ।