bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपाल भारतको समबन्ध आत्मीय सम्बन्ध रहेको : डिपटी कन्सुलर कोटरा

pokhariya Holi Notice

कलैया, बारा ।।

शदियौ देखि नेपाल र भारत विच चल्दै आएको मित्रवत समबन्धलाई अझै प्रगाढ बनाउनका लागि आफुले सक्दो प्रयास गर्ने महाबाणिज्य दुतवास वीरगंजका डिपटी कन्सुलर कोटरा स्वामीले बताएका छन् । ७३ औ स्वतन्त्रा दिवशको अवशर पारेर नेपाल भारत मैत्री संघ बाराले आयोजना गरेको बकतृत्व प्रतियााोगिता तथा शुभकामना अदानप्रदान कार्यक्रमलाई कलैयामा शुक्रवार सम्बोधन गर्दै कोटराले नेपाल र भारत बिच रही आएको रोटीबेटीको सम्बन्धलाई अझै बिस्तार गरी नेपाल र भारत बिचको सम्बन्धलाई उचाईमा पुगाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कोटराले शुभकामना दिने क्रममा जिल्ला समन्वय समिति प्रमुख नवल किशोर सिंहले राखेका कुरामाथि जोड दिदै भने वास्तवमा नेपाल र भारत बिचको सम्बन्ध आजको नरही परापुर्व कालदेखि रहेको छ र रही रहने छ जसको धेरै कुराहरुको प्रमाण भेटिन्छ । भारतले नेपाललाई सहयोग गर्छ वा यो गर्छ त्यो गर्छ भन्ने त्यो बाहिरि देखावा मात्र रहेको तर नेपाल भारत को सम्बन्ध भारतको बिभिन्न प्रान्तको भेष भूसा, भाषा, रहन सहन, तथा अनुहारले पनि मिल्दो जुल्दो रहेकोले कसैले पनि ठम्याउन सक्दैन कि यो नेपाली हो भारतीय नै बुझछन, जबसम्म आफ्नो प्रमाण हेराउदैन । बिभिन्न प्रान्तमा बोलिने भाषा नेपालि भाषानै रहेकोले नेपाल र भारतको सम्बन्ध यसलाई कसैले नकार्न वा बिगार्न सक्दैन भन्ने कोटराले धारणा राखेका थिए ।

भारत सरकारले जहिलेपनि नेपाल र नेपाली जनताको हित हुने काम मात्र गर्ने गरेको उल्लेख गर्दै कनसुलर पतारले नेपालको बिकास, समृद्धि नेपाली जनताले नै स्वयम गर्ने भएको हुदा भारतले कुनै प्रकारको हस्तक्षेप गर्न नसक्ने जानकारी गराए । असल छिमेकीको नाताले नेपालको प्रगती, उन्ननती , बिकास, अस्थिरता मात्र हेर्न जहिले पनि भारत चाहेको हुन्छ कोटराको भनाई थियो । छुटै प्रसंगमा कन्सुलर कोटराले बिर नेपालीहरु भारतिय सेनामा कार्यरत रहेको बताउदै नेपालीहरु पनि भारतमा सेनाको प्रमुख हुन सक्ने जानकारी दिए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै अर्का कन्सुलर सुरेश कुमारले नेपालमा जल, जंगल, प्राकृतिक सम्पदा, नदी र स्यवम संसार कै ठुलो हिमाल सागरमाथा नै भएको हुदा नेपाल र नेपाली जनता निकै भाग्यमानी रहेको स्मरण गरेका थिए । नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष हिरालाल साहको अध्यक्षतामा सम्पन्न्न सो कार्यक्रममा पुर्व सहायक मन्त्री कलावती पासवान, प्रदेश ससद महम्द समिर, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिह लगायतकाले नेपालको बिकासमा भारतिय सरकारको सहयोगको आवश्यकता रहदै आएकोमा अझ बढी सहयोग गर्न आग्रह गरेका थिए ।

७३ औ स्वतन्त्रता दिवसको अवसरमा प्रदेश सभा सदस्य महमद समिरले दिएको शुभकामना तथा आउदो दिनमा नेपाल भारत को सम्बन्ध राजानिक हिसाबले, जनताको बेटी रोटि को सम्बन्ध र अन्तरराष्ट्रिय दृष्टि कोणले सरकार संगको सम्बन्ध अझै प्रगाढ होस् भन्ने राखेको धारणा लाइ जोड्दै कोटराले भने हाम्रो देश स्वतन्त्रता दिवस मनाउदै छ तर नेपाल यस्तो देश हो जुन आज सम्म गुलाम बनेकै छैन यसको लागि वहाले पनि नेपाल लाइ बधाई दिएका थिए । र यसका साथै नेपालको सम्बन्ध भारत संग जुन रहेको बारे प्रसस समिरले राखेको कुरा लाइ थप उर्जा दिदै कोटराले भने नेपालको मित्रता बारेमा जसले जे जति बिगारे पनि आत्मीय सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताए ।

सम्पन्न बकतृत्व प्रतियोगितामा मनोकमना बोर्डिग स्कुलका रामबालक कुमार राम प्रथम, दुर्गा नमुना माबिका रबिन्द्र साह दोस्रो, र मनोकमना कै आरती कुमारी यादव तेस्रो भएका थिए । उनीहरुलाई प्रमुख अतिथी कन्सुलर कोटराले पूरुस्कार प्रदान गरे । कलैयाका ६ बटा निजी तथा सरकारी बिधालयहरुको सहभागिता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer