bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

निशुल्क कपडा बैकको प्रसस समिरले गरे उदघाटन

pokhariya Holi Notice

कलैया, बारा ।।

प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य महम्द समिरले समाज परिवर्तनका लागि असल सोच, मर्यादित एवम अरुको कल्याण हुने काम जरुरी एवम सार्थक रहेको कुरामा जोड दिएका छन । बाराको कलैया स्थित भरत चोकमा निशुल्क कपडा बैक संकलन तथा बितरण अभियानलाई शनिवार उदघाटन गर्दै अभियानले समाजमा रहेको गरिब, असहाय, बिपन्न , कमजोर ब्यतिmहरुका लागि कपडा बैक निकै सार्थक रहेको बताए ।

असहायहरु अहिलेपनि समाजमा एक छाक खाना नखाएर कपडा नलगाएर वाटोमा हिडने समेत गरिरहेको अवस्थामा यसरी कपडा बैक स्थापना गर्नु निकै पुन्यको काम भएको हुदा आयोजकलाई धन्यवाद समेत ब्यतm गरेका थिए । आफुले पनि समाजमा यस अभियानको प्रचारप्रसार गर्ने भन्दै अभियानलाई अझै उचाईमा पुगाउनका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यतm गरे ।

यो अभियानलाई खास गरेर स्थानिय सरकारले गर्नुपर्ने धारणा ब्यतm गर्दै यसका लागि आफुले पहल गर्ने बिस्वास ब्यतm गरेका थिए । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका यूवा नेता मुकेश साहले नेता, प्रदेश र संघिय सरकारले गर्नुपर्ने काम आज यूवाहरुले गरिरहेकोमा चिन्ता ब्यतm गर्दै यसबाट पाठ सिक्न आग्रह गरे । अभियानलाई टोल टोलमा लग्न सके अझै प्रभावकारी हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बारा उधोग बाणिज्य संघका सदस्य शशिभुषन केसरी, पत्रकार साजिर मंसुर लगायतकाले आफनो बिचार ब्यतm गरे । संदिप केसरी, सुनिल यादव, मुकेश यादव, रामबाबु कुमार सर्राफ, राज मोवाईल कर्नर लगायतका सक्रियतामा सो अभियानको थालनी भएको हो । मेरो ईच्छा डटकमको आयोजनामा सो अभियान शुरु गरिएको हो । सुनिल यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer