bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बाढिपिडितलाई राहत वितरण

pokhariya Holi Notice

बद्रीनारायण यादव
सिरहा,३ भाद्र । बाढिबाट आंशिक क्षति भएकाहरुलाई सिरहा नगरपालिकाले वडा नं.८ मा राहत वितरण गरेको छ ।
सिरहा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष नागेश्वर गोइतको अध्यक्षतामा बाढिबाट आंशिक क्षति भएका ६० घर परिवारलाई राहत वितरण गरेको हो । प्रति परिवार १० किलो चामल, २ किलो दाल, १ लिटर, १ किलो नुन लगायतका सामग्रीको प्याकेज वितरण गरिएको सिरहा नगरपालिकाका सुरेश चौरवारले बताए । बाढिबाट सडक र बाटोमा भएको क्षतिका कारण आवत जावत गर्न असहज भइरहेको हुँदा सडक संजाल सुदृढ गर्न चालु आर्थिक वर्षको विकास निर्माणका योजनाहरु केन्द्रित गर्ने वडा अध्यक्षले बताए । सडक संजालसँगै वडाभित्रका सार्वजनिक स्थानहरु, विद्यालय तथा सेवाग्राहीलाई सुलभ हुने गरी कामलाई समेत प्राथमिकता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।
चौरवारका अनुसार बाढिबाट पूर्णक्षति भएका ३४ घरपरिवारलाई उतिखेरै खाद्य र अन्य सामग्रीसहितको फुल प्याकेज वितरण गरिएको थियो । गएको असार अन्तिम साता भएको अविरल वर्षाका कारण वडामा क्षति भएको उनले जनाए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer