संजय साह, महोत्तरी ।।
प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतको बेटी पढाऊ, बेटी बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीको विभिन्न चारओटा माविका छात्राहरुलाई साईकल वितरण गरिएको छ । महोत्तरीस्थित ४ ओटा मा विमा २ सय ७३ ओटा साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ ओटा साईकल गरी कक्षा ८मा अध्यन्नरत्त छात्राहरुलाई वितरण गरिएको छ ।
साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै आर्थिक वर्षमा कम्तीमा ८ ओटा सार्वजनिक विद्यालयमा अध्यन्नरत्त दलित र मुस्लीमलाई महिनको ५ सय रुपैया दिने धोषना गर्नुभएको छ । उहाँले महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले महिलालाई सशक्तिकरण गर्नु पर्ने समेत बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राजयमन्त्री सरोज सिंह कुशवाहाले मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताउनु भयो । उहाँले महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने धारण राख्नु भयो । राज्यमन्त्री कुशवाहाले प्रदेशलाई विकसित गर्न हामी सबैलाई महिला शिक्षामा जोड दिनुपर्ने बताए ।