bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा सामुहिक बलात्कार गर्ने बालअधिकारकर्मी पन्थी सहित ३ युवा कारागार चलान

pokhariya Holi Notice

चिरञ्जीवी मरासिनी
गुल्मी, ४ भदौ । केहि दिन अघि सामुहिक बलात्कार गर्ने तीन जना युवा कारागार चलान भएका छन् । गत साउन १७ गते दुई बालिकालाई तीन जनाले बलात्कार गरेका थिए ।
यो पनि पढ्नुस्: गुल्मीमा बाल अधिकारकर्मीबाटै बालिका बलात्कृत
मदाने गाउँपालिका ७ बस्ने १९ बर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका ६ का २५ बर्षीय सुरज पन्थी र रेनपा ४ का ३२ बर्षीय ओम बहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला अदालत गुल्मीको श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए । अहिलेम्म संकलित प्रमाणबाट सो मुद्धा पुर्पक्षको मनासिप देखिएकाले न्यायधिस कृष्णप्रसाद पौडेलले मुलुकी अपराधार कार्यविधी संहिता, २०७४ को दफा ६७ (१) बमोजिम थुनामा राख्न आदेश दिएका हुन् ।
बालिका बलात्कारको आरोपमा प्रहरीले तीनै जनालाई साउन १८ गते गिरफ्तार गरेको थियो । बालिकाहरु साउन १६ गतेबाट परिवारको सम्पर्कमा थिएनन् । बालिकाका आफन्तले छोरीहरु खोजतलासको लागि प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोज्दै जाँदा बालिकाहरु तम्घासमै फेला पारेको प्रहरी प्रमुख एसपी दिपक बस्नेतले जानकारी दिए । बालिकालाई सोधपुछ गर्दै जाँदा घटनाको थप रहस्य बाहिर आएकाले परिवारको उजुरीको आधारमा मुद्धा चलाएको बस्नेतले बताए । बालिकाले आफुहरुलाई दुई दिनसम्म संगै राखेर बलात्कार गरेको र यस अघि पनि यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बताएका थिए ।
सुमन पन्थी जिल्ला बाल संजालका अध्यक्ष हुन् । उनले जिल्लामा बालबालिकाको क्षेत्रमा पनि केहि कामहरु गरेका छन् । उनकै नेतृत्वमा दुई बर्ष अघि मदाने गाउँपालिका वडा नं ७ भनभनेलाई बालबिबाह मुक्त वडा घोषणा गरिएको थियो । भने गत बर्ष पनि जिल्लाका एक दर्जन होटलहरुबाट बालश्रमिक उद्धार गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer