मनोज गुप्ता, बारा ।।
बेटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउपालिका द्वारा साइकल वितरण गरिएको छ । बेटी बचाउ बेटी पडाउ अभीयान अनतर्गत समुदायीक बिधालय का छात्रा हरु लाई साईकल बितरण कार्यक्रम गरिएको जनाएको छ ।
बिश्रामपुर गा.पा.प्रमुख अमिरी लाल पालको सभापतित्व एवं भारतीय महा दुतावास कनुलर डा.कोटरा स्वामीको प्रमुख आतिथ्यता तथा जिल्ला समनव्य समितिका सभापति नवल किशोर सिंहको विशिष्ट आतिथ्यतामा साइकल वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गा.पा.उपाध्यक्ष सुमीन्त्रा देबी, गा.पा. का कर्मचारी, वाडा अध्यक्षहरु तथा भद्र भलादमीहरुको उपस्थितिमा ९५ वटा क्षात्राहरु लाइ साइकल वितरण गरिएको छ ।
श्री नेरा मावि विश्रामपुर, श्री नेरा मावि मुसहारवा, श्रीनेरा मावि इटियाही लगायतका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का क्षात्राहरु लाइ साइकल वितरण गरिएको छ । कार्यक्रममा उपस्थित गणमान व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।