bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

एक घर एक धारा नारामै सिमित: रेसुङ्गा नगरपालिका भित्रै डोकोमै पानी बोक्नुपर्ने दैनिकी

pokhariya Holi Notice

चिरञ्जीवी मरासिनी
गुल्मी, भदौ ६।
बिहानै चार बजे उठ्छन् । उठ्नेबित्तिकै पानीको नै चिन्ता हुन्छ । अनि डोको, नाम्लो र गाग्रो जुटाउन तर्फ लाग्छन् । उनी उतै कुवातिर हातमुख धुने गरी खानेपानी लिन जान्छन् । यो रेसुङ्गा नगरपालिका वडा नम्बर चार पाण्डे भण्डारी टोलका चुरामणी भण्डारीको पछिल्लो दैनिकि हो । अहिले उनी ४८ बर्षका भए । पानी बोकेर नै आधा भन्दा बढी उमेर वित्यो ।
उनी मात्रै होइन सोही ठाउँकै बलाराम भण्डारीको पनि अवस्था त्यहि नै छ । विहानै उठ्ने वित्तिकै खानेपानी कै पिरलो हुन्छ, सेउघा जोगिथुमका अधिकांश परिवारलाई । उनीहरु पानी कै समस्याले चौविसै घण्टा पिरोलिन्छन् । संघियताले छोएको छैन नगरपालिका भित्रैको यो टोललाई ।
नगरपालिकाको वडा नम्बर चारका प्राय ठाउँमा खानेपानीको समस्या छ । पाण्डे भण्डारीटोलमा डोको लिएर बोक्नै पर्ने अवस्था भएको त्यहाँकी महिला स्वास्थ्य स्वंसेविका कमला पन्थीले बताइन् । भने जोगिथुम र सेउघामा खानेपानीको अवस्थालाई केहि सघाउ पुग्ने गरी आठ घरपरिवार बराबर एक धाराको ब्यवस्था गरिएको वडाध्यक्ष बिजय मरासिनिले बताए ।
सरकारले एक घर एक धाराको नीति ल्याएपनि जोगिथुम र सेउघामा खानेपानीको चरम समस्या हुँदा आठ घर बराबर एक धारा ब्यवस्था गरिएको उनले बताए । वडाध्यक्ष मरासिनिले आफ्नो कार्यकालमा नै खानेपानीको समस्याबाट वडा मुक्त हुने प्रतिक्रिया दिए । गुल्मीका बिभिन्न स्थानमा बर्खाको समयमा समेत खानेपानीको चरम समस्या हुदै गइरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer