bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बढ्दै बलात्कारका घटना

pokhariya Holi Notice

घटना १ : लहान नगरपालिकाको ग्रामीण क्षेत्रमा गत १७ असारमा नौमहिने बालिकाको बलात्कारको भयो । आमा खेतमा काम गरिरहेका खेतालालाई खाजा पुर्‍याउन गएका वेला १४ वर्षीय बालकले बलात्कार गरेको सूचना पाएलगत्तै प्रहरीले बालकलाई पक्राउ गर्‍यो । बालिकाको रक्तस्राव नरोकिएपछि तत्काल स्वास्थ्य परीक्षण र तत्काल उपचारका लागि लगियो । पक्राउ परेका बालक अहिले पुर्पक्षका लागि वीरगन्जस्थित बाल सुधारगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटना २ : विवाह भएको डेढ वर्षपछि पतिसहित घरका अन्य सदस्यले मानसिक तथा शारीरिक यातना दिन थालेपछि सहन नसकेर १८ वर्षीया किशोरी माइतीको आश्रयमा बसेकी थिइन् । आर्थिक रूपले कमजोर रहेको माइतीमा १८ साउनको मध्यरातमा उनको बलात्कार प्रयास भयो । गोलबजार नगरपालिका–३ जमदहका २३ वर्षीय गोपाल वाग्लेले बलात्कार प्रयास गरे । पीडितले नै गरेको उजुरीका आधारमा गोलबजार प्रहरीले वाग्लेलाई जबर्जस्ती करणी उद्योगअन्तर्गतको मुद्दा चलाएको छ ।

पुरुषवादी चिन्तन कारक
जिल्ला प्रहरी कार्यालय सिरहाको पछिल्लो चार आर्थिक वर्षको अपराध तालिकालाई आधार मान्ने हो भने हरेक वर्ष जबर्जस्ती करणीसम्बन्धी घटना बढ्दै गएका छन् । समाजशास्त्रका उपप्राध्यापक तथा गोलबजार क्याम्पसका सहायक क्याम्पस प्रमुख ईश्वर स्याङ्वा भन्छन्, ‘महिलालाई हेर्ने पुरुषवादी दृष्टकोण नफेरिएकाले बलात्कार र बलात्कार प्रयासका घटना बढेका हुन् ।’

उपप्राध्यापक स्याङ्वाले बेरोजागारी, गलत संगत र सूचना प्रविधिको दुरुपयोगले पनि बलात्कारजस्ता अपराध बढ्दै गएको बताए । यसबाहेक महिलामाथि हुने विभिन्न हिंसाका घटना प्रायः समाजमै मिलाइन्छ । महिलालाई ‘अबला’ ठान्ने मनोवृत्ति भएका पुरुष जुनसुकै उमेर समूहका महिलालाई बलात्कार गर्न उद्दत हुने उनको धारणा छ ।

हरेक वर्ष बढ्दै 
जिल्ला प्रहरी कार्यालय सिरहाको आर्थिक वर्ष ०७२/७३ देखि ०७५/७६ सम्मको अपराध तालिकाअनुसार महिला हिंसा तथा जबर्जस्ती करणी र प्रयासका घटना बढेको छ । ०७५/७६ को असार मसान्तसम्म मुद्दा चलाइएका नौ सय २६ अपराधमध्ये जबर्जस्ती करणी, करणी उद्योग, बेचबिखन तथा जबर्जस्ती करणीका ८० वटा मुद्दा चलाइएको सिरहा प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सिरहा प्रहरीको त्रिवर्षीय अपराध तथ्यांकअनुसार ०७२/७३ मा जबर्जस्ती करणी र उद्योगका २७ वटा मुद्दा चलाइएको छ भने ०७३/७४ मा ३७ वटा घटनाको मुद्दा चलाइएका छन् । त्यस्तै, ०७४/७५ मा आइपुग्दा बढेर ६२ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सिरहा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले महिला तथा बालबालिकाविरुद्ध हुने जघन्य प्रकृतिका अपराधको संख्या बढेको बताए । उनले भने, ‘महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटना गाउँघरमै मिलाउने परम्परा क्रमशः निरुत्साहित हुँदै गएको छ ।’ समुदाय–प्रहरी साझेदारीअन्तर्गत स्थानीय समितिमार्फत चलाइएको अभियानसँगै जघन्य प्रकृतिका अपराधविरुद्ध प्रहरीलाई उजुरी दिइनुपर्ने सूचना र रेडियोमार्फत स्थानीय भाषामा अपराधविरुद्धका जिंगल नियमित प्रसारणले पनि पीडितहरू प्रहरीसम्म आउनेक्रम बढेको उनको अनुभव छ ।

प्रहरीको त्रिवर्षीय अपराध तथ्यांकअनुसार ०७२/७३ मा जबर्जस्ती करणी र उद्योगका २७ वटा मुद्दा चलाइएको छ भने ०७३/७४ मा ३७ वटा घटनाको मुद्दा चलाइएका छन् । त्यस्तै, ०७४/७५ मा ६२ वटा जबर्जस्ती करणी र उद्योगका मुद्दा चलाएर किनारा लगाइएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

सचेतना अभियान 
जिल्लाका विभिन्न ठाउँमा महिला तथा बालबालिकामाथि हुने हिंसा, जबर्जस्ती करणी र उद्योगविरुद्ध सचेतना विस्तार गर्न सिरहा प्रहरीले स्थानीय तहसँगको सहकार्यमा सचेतना अभियान चलाएको छ । जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण (सञ्जाल)को अगुवाइमा प्रहरी, जिल्लास्थित महिला अधिकारको क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाको सहकार्यमा सिरहाका ११ स्थानीय तहमा अभियान चलाइएको हो ।

जिल्लाका महिला हिंसा बढी हुने स्थानीय तहमा लैंगिक तथा महिला हिंसा नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । ‘समुदाय–प्रहरी साझेदारीअन्तर्गत स्थानीय तहमा गठन गरिएका समिति, सामाजिक संघसंस्थाको सहकार्यमा लैंगिक, महिला तथा बालबालिकामाथि हुने हिंसा, बालविवाह, बहुविवाह, जबर्जस्ती करणी, त्यसमा हुने सजायजस्ता विषयमा अन्तक्र्रिया, छलफलसहित घरदैलो अभियान चलाइएको हो,’ उनले भने ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer