Ultimate magazine theme for WordPress.

आफ्नै शरिरमा आगो लगाएर मजदुरले गरे आत्महत्या

0 468
Bara Gadhi Notice winter

झापा,संवाददाता
झापाको अर्जुनधारा ६ मा रहेको फर्निचर उद्योगमा कार्यारत एकजना मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका छन् ।
भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु कार्यारत फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई , गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रदिप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यारत उनले ट्वाइलेटको ढोका बन्द गरी शरिरमा आगो लगाएको प्रहरीले जनाएको छ । बिहीबार अपरााह्न स्थानीयवासीले आगो लागेर उनको मृत्यू भएको जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसंधान शुरु गरेको जनाएको छ । उनले आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैन् । प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Kalaiya Notic summer
Leave A Reply

Your email address will not be published.