दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा।
दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा।
दाईजोमा मोटरसाइकल नदिएको निहुमा बुहारीको हत्या, दुई जना पक्राउ प्रहरी अन्यौलमा।
अमित ठाकुर।रौतहट।भदौ २०। रौतहटमा केटी पक्षले दाईजोमा मोटरसाइकल र फर्निचरका समान नदिएपछि केटा पक्षले बुहारीलाई नै हत्या गरेको पिडितले अारोप लगाएका छन।रौतहट जिल्लाको बडहर्वा निवासी अबिलाश सहनीले अाफ्नो छोरी सन्जु सहनीको केही बर्ष पहिला हिन्दु रितिरिवाज अनुसार राजपुर नगरपालिका वडा नंबर ७ अकोलवा निवासी मोहन सहनीको छोरा रामबाबु सहनी संग बिहे गरेको थियो। पिडित सहनी अर्को छोरीको बिहे गर्यो।अर्को छोरीको बिहे गर्दा मोटरसाइकल र फर्निचरका समानहरु दिए।तर सहनी पहिलो छोरीको बिहे गर्दा केटा पक्षले दाईजोको माग नै बढी भएपछि पिडित सहनीले मोटरसाइकलको रकम तिर्न सकेनन्।पछि पिडित सहनी गुहारे पछि केटा पक्षले केही हद सम्म मान्न त्यार भए। तर पिडित सहनी अर्को छोरीको बिहे गर्दा केटा पछले दाईजो बराबर बढी रकम नमागे पछि पिडित सहनीले अर्को छोरीलाई दाईजोमा मोटरसाइकल दिए।अर्को छोरीको बिहेमा पिडित सहनीले मोटरसाइकल दिए दिन देखिनै पहिलो छोरीको श्रीमान् रामबाबु सहनी,ससुरा मोहन सहनी, र श्रीमानको अामा ,बहिनीले मानसिक टर्जरको साथ साथै मेरो छोरीलाई कुटपिट गर्दै अाईरहेको पिडित सहनीले अारोप लगाएका छन्। पिडित सहनीको छोरी केही दिन पहिला फोन गरि भने बुवा मलाई लिन अाई हाल्नु मलाई यहाँ मानसिक टर्चरको साथ साथै कुटपिट पनि गरि रहेका छन्। पिडित सहनी यस्तो खबर सुन्न साथ अाफ्नो छोरी घर पुगे तर छोरीको ससुराली पक्षले पिडित सहनीलाई भने जब सम्म दाईजोको मोटरसाइकल र फर्निचरका समान नदिए सम्म तपाईंको छोरीलाई बिदाई गर्दैनौं र मार दिन्छौं पिडित सहनीले रुदै भने। छोरीको बिदाई नगरेपछि पिडित सहनी घर फर्के घर फर्केको केही दिन बित्दै छोरीको ससुरा पक्षले पिडित सहनीलाई खबर नै नगरी दाह संसकार तर्फ लागे ।पछि पिडित सहनीलाई खबर हुन साथ प्रहरीलाई खबर गरे। प्रहरीले खबर पाए लगत्तै ससुरा मोहन सहनी र श्रीमान् रामबाबु सहनीलाई पक्राउ गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्यायो। भने अन्य ब्यक्ति अहिले सम्म फरार रहेका छन्।यो घटना हत्या हो कि अात्महत्या हो बिषयमा प्रहरी अन्यौलमा परेका छन्। मृतककी दुई बर्षको छोरी पनि रहेकी छिन्। अाफ्नो दुई बर्षको छोरीको माया मारी अात्महत्या गर्छिन् भने बिषयमा सवाल उठ्न थालेका छन्। त्यसतै अामा गुमाएपछि अवोध बालिकाले न्याय पाउलान्।