bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

दशै तिहार अगावै सडक संग सम्वन्धित सवैखाले ब्यवधान हटाउन मेयर पराजुलीको निर्देशन

pokhariya Holi Notice

विराटनगर 

विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै,तिहार अगावै नगरक्षेत्रका सडक संग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै,तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न निर्देशन दिएका हुन् ।

नगरका कतिपय स्थानमा तोकिएको मापदण्ड विपरित बनाइका घर,पर्खाल स्थानीयले नभत्काउदा सडकको ढल र नालाहाल्ने काममा ब्यवधान खडा भएको छ । कतिपय स्थानमा रहेका मन्दिर र धर्मशालाहरुका कारण समेत विराटनगरका सडकको काममा ब्यवधान भइरहेको छ । विकासका काममा साना तिना कुराले ब्यवधान गरेको भन्दै मेयर पराजुलीले सडक बिस्तार र विकासका काममा कुनै संझौता नगरिने बताएका छन् ।

विराटनगरमा एशियाली विकास बैङको आर्थिक सहयोगमा मझौला शहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगत नगरको भौतिक सुधारको काम भएको छ । क्षेत्रीय शहरी विकास परियोजना अन्तरगतका काम पनि जारी रहेका छन् । परियोजनाका प्रमुख इन्जिनियर भरत न्यौपाने महानगरभित्रका सवै निर्माणका काम सकिएपछि विराटनगर नमुना नगरकारुपमा परिचित हुने बताउछन् । कतिपय स्थानमा भएका अवरोध चाढै हटाउने बताए ।

अनुगमनका क्रममा क्षेत्रीय शहरी विकास परियोजना अन्तरगतका बिज्ञ कन्सलटेन्ड हरेराम मण्डल,वडाध्यक्षद्धय मधुवावु तिवारी र विश्वनाथ भगत ,इन्जिनियर गोपाल पोखरेल, सामाजिक विकास अधिकृत पुनम दाहाल लगायतको सहभागिता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer