bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

pokhariya Holi Notice

सबिर आलम, कलैया, बारा ।।

बाराका पालिकाहरु धमाधम खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने क्रममा आज एकै दिन दुइ पालिकाहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। बारा जिल्लाको महागढिमाइ नगरपालिका तथा आदर्श कोतवाल गाउपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ। खुल्ला ठाउमा दिशा गरे स्वास्थ्यमा असर त पछि हेरिने हो तर आफ्नो अस्मिता पहिला नै गुम्ने गर्द छ। त्यस्तै अस्मिता जोगाउने समय बारा जिल्लाको भएको हुनाले धमाधम घोषणा भैइरहेको जिल्लाका सम्पुर्ण खुल्ला दिशामुक्त गराउने अभियन्ताहरुको भनाइ तथा बुझाइ रहेको छ।

विश्वमा दुइटा देश सरसफाईमा सब भन्दा पछाडि परेको मध्ये हाम्रो पनि देश रहेको छ। यिथोपिया र नेपाल सरसफाईमा पछाडी परेको देशमध्ये यिथोपिया भन्दा हाम्रो देश अग्र स्थानमा रहेको देश हो । जस कारण अब पनि यदि घोषणा भएन भन्ने स्वास्थ्य बारे यसका बाकी खुड्किलाहरु त्यस्तै खेर जाने पनि डर रहेको अभियन्ताहरुको भनाइ रहेको छ । वास्तविकता केहो हाम्रो गाउँ ठाउमा भन्ने बारेमा भन्दा सदियौ देखि खुल्ला ठाउमा दिशा गर्ने बानि भएकोले चर्पी (ट्वाइलेट) प्रयोग गर्न गाह्रो मान्ने सब भन्दा ठूलो समस्या रहेको अभियन्ताहरुको बुझाइ रहेको छ। खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भए लगतै पोस्ट ओडिएफको अभियान संचालन हुने र गर्ने योजना रहेको अभियन्ताहरुको भनाइ रहेको छ। पोस्ट ओडिएफमा ट्वाइलेट कसरी प्रयोग गर्ने भन्ने बारेमा जनचेतना फैलाउने कार्य योजना रहेको अभियन्ता हरुले बताउने गरेका छन।

जिल्ला समन्यव समितिको सभा हलमा आयोजित पत्रकार समेलानामा डिवास सिसिका अध्यक्ष एवं जिल्ला समन्वय समिती बाराको संयोजक नवलकिशोर सिंहले जिल्लाको मान प्रतिष्ठा बढाउन सबैलाई आग्रह गर्नु भएको थियो । यो एकाईसौ सताब्दीमा पनि नेपाल लाइ दिशा गर्न नआउने तथा स्वास्थ्य बारे आफै अनभिज्ञ हुनु अतिनै लाज मर्दो कुरा रहेकोले यसलाई जसरि भए पनि सबैले एकजुट भएर सहयोग गरि खुल्ला दिशा क्षेत्र गराउन आग्रह गरेका थिए ।

खुल्ला दिशा क्षेत्र घोषणा भएको पालिकाहरु 

बाराको दुई स्थानीय तह महागढीमाई नगरपालिका र आदर्श कोतवाल गाउपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा सभालाई मंगलबार प्रमुख अतिथिको आसन बाट बोल्दै सिहले यस्तो बताउनु भयो । बारा जिल्लालाई भाद्र २७ गते पुर्ण रुपमा खुला दिशामुक्त घँषणा गर्ने भएको लक्ष्यलाई साकार रुप दिन स्थानिय तहले सक्दो जति सहयोग गर्न सरसफाइ अभियानलाई दिगो बनाउन सबै स्थानिय निकाए लाई आग्रह गर्नु भएको थियो ।

जिल्ला सरसफाइ स्वच्छता समन्वय समिती बाराको संयोजक समेत रहनु भएको सिंहले महागढीमाई नगरपालिकालाई १३ ओ तथा आदर्श कोतवाल गाउपालिकालाई जिल्लाको १४ स्थानमा खुला दिशामुक्त घोषणा गर्नु भएको थियो । खानेपानी सरसफाइ स्वच्छता नगर समिती महागढीमाईको आयोजना तथा नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा समपन खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा नगर प्रमुख यादवले जिल्ला समन्वय समितिको संयोजक नवलकिशोर सिंहलाई प्रशंसा पत्रले समानित गर्नु भएको थियो ।

महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले खुला दिशामुक्त क्षेत्र घोषणा सभामा अचारसहिता पढेर सुनाउनु भएको थियो । महागढीमाई नगरपालिकाको ८ हजार ३ सय १७ वटा घरधुरीमा शौचालय निर्माण भएको सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकालले प्रतिबेदन प्रस्तुत गर्दै जानकारी दिनु भयो । १३ ओ खुला दिशामुक्त घोषणा सभामा नगर उप प्रमुख तारा देबि कानुले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । सो अवसरमा वडा अध्यक्ष , सरसफाइ अभियान्ता , युनिसेफको प्रतिनिधिहरुलाई समानित गरिएको थियो ।

त्यसैगरी बाराको १४ ओ खुला दिशामुक्त क्षेत्र आदर्श कोतवाल गाउपालिकालाई घोषणा गरिएको छ । जिल्ला समन्वय समिती बाराको संयोजक नवलकिशोर सिहले आदर्श कोतवाल गापा पुर्ण रुपमा खुला दिशामुक्त क्षेत्र घोषणा गर्नु भएको थियो ।आदर्श कोतवाल गाउपालिकाको उपाध्यक्ष पुनम देबि शाहको अध्यक्षतामा समपन खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा लेखापाल जयप्रकाश महतोले लागू भएको अचारसहिता पढेर सुनाउनु भएको थियो ।

सो अवसरमा महिला संजाल बाराको अध्यक्ष बबिता जैसवाल , सुवर्ण गापा उपाध्यक्ष बबिता यादव , परसौनी गापा उपाध्यक्ष गीता साह लगायत वडा अध्यक्ष ,गाउपालिका सद्स्यहरुलाई समानित गरिएको थियो । सो अवसरमा संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer