कलैया, बारा ।।
आउदो असोजमा लाइन काट्ने समस्याको समाधान हुने भएको छ । बिरगंज पावर हाउसमा १२.५ एम बि ए पावरको ट्रान्सफरमर जलेको हुनाले यस्तो बराबर छिन् छिन्मै लाइन आपूर्ति अबरुद्ध हुने गरेको नेपाल बिधुत प्राधिकरण बारा प्रमुख गजेन्द्र चौधरीले बताए । उक्त ट्रान्सफरमरको सट्टामा अब ३० एम बि ए पावरको जडान हुन् लागेको प्रमुख चौधारीले बताए ।
ट्रान्सफरमर जडान गर्न लाई फाउन्डेसन कार्य भैइ रहेको हुनाले त्यसमा अलि समय लागिरहेको प्रमुख चौधरीले बताए । फाउन्डेसन कार्य पुराहुना लाइ २४ दिन ठेकेदारले दिएको मध्ये आज ५ दिन पुगेको र अवको १८ दिन पछी बिधुत आपूर्ति बन्द हुने समस्या समाधान हुने प्रमुख चौधारिले बताए। असोज १२ गते पछि विधुत आपूर्ति राम्ररि सुचारु हुने भएको प्रमुख चौधरीले बिश्वास ब्यक्त गरेका थिए ।