bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रसिद्ध समाजिक अभियान्ता मधुरेन्द्र जयसवालले भारतको दिल्लीमा भिजिट नेपाल २०२० को निमन्त्रणा गर्दै।

pokhariya Holi Notice

भिजिट नेपाल २०२० लाई सफल पार्न उदेश्य नेपाल इन्डिया युथ मिशनद्वारा छिमेकी राष्ट्र भारतमा प्रमुख व्यक्तित्वहरू सँग भेटघाट र पर्यटन भित्र्याउने निमन्त्रणा दिने अभियान कार्य सुरू गरिएको छ ।

जुन एउटा बेटीरोटीको सम्बन्ध बर्षौ बर्ष देखि चल्दै आइरहेको छ त्यसलाई अझ अटुट र मजबुत बनाउने सोचका साथ भारतको राजधानी न्यू दिल्लीमा नेपाल इंडिया युथ मिशनले भिजीट नेपाल २०२० लाई सफल पार्न राजनितिक, गैरराजनितिक, विभिन्न संघसंस्था र सर्वसाधारणहरूसंग भेटघाट कार्य तिब्रगतिमा अगाडि बढाएको छ ।

नेपाल सरकारले वर्ष २०२० मा इतिहासिक पर्यटनहरू भित्र्याउने योजना घोषणा गरेकोले अभियानलाई पछ्याउँदै नेपाल इन्डिया युथ मिशनले भारतको नयाँदिल्ली लगायत अन्य शहरमा बिशेष जोड दिई आफ्नो देशको आर्थिक अवस्था सुधार र बर्सेनि लाखौंलाख पर्यटन सुन्दर, रमनीय वातावरणको बारेमा देश विदेशमा राम्रो सन्देश जाने उच्चस्तरीय सोचका साथ निम्त्याउने तिर जोड दिएको छ ।

 

भारतको विभिन्न ठाउँबाट हाम्रो देश नेपालमा पर्यटन भित्रियो भने यसबाट नेपाल भारत सम्बन्ध अछ मजबुत हुने नेपाल ईन्डिया युथ मिशनका अध्यक्ष तथा समाजिक अभियानता मधुरेन्द्र जयसवालले बताएका छन । सुखी नेपाली, समृद्ध नेपाल बनाउनको लागि पर्यटन देश भित्र आउन जरुरी रहेको छ । त्यसैले भारतमा visit नेपाल २०२० अभियानलाई नेपाल इन्डिया युथ मिशन परिवारले आफ्नो अहिले अन्य कार्यक्रम भन्दा बढी यस अभियानलाई सफल पार्न तिर बढी ध्यानाकर्षण गरेको छ ।
भारतको दिल्लीमा नेपाल इन्डिया युथ मिशनले Mrs queen India र Mrs universe Asia समेत रहनु भएकी भारतीय जनता पार्टीका दिल्ली राज्य कलचरल सांस्कृतिक सेलका महिला नेतृ अध्यक्ष रुबी यादव, चैरयमैन समेत रहनु भएको कनफिडिरेसन ओफ यंग लिडर हिमदरिश सुमन, confederation of Indian university का अध्यक्ष डा. प्रिय रंजन त्रिवेदीसंग बिशेष भेटघाट गरि जसरी भएपनि नेपाल भ्रमण गर्नु भने सन्देश दिनुभएको अध्यक्ष जयसवालले जानकारी गराएका छन ।निमन्त्रणा दिनुको साथसाथै सबैलाई नेपालको ऐतिहासिक जानकी माताको मायाको चिनोले सम्मान समेत प्रदान गरिएको अध्यक्ष जयसवालले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer