bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा तीन दिनमा ४४ घरमा चोरी:

pokhariya Holi Notice

गुल्मीमा तीन दिनमा ४४ घरमा चोरी: स्थानीयहरु रात्री गस्तीमा
गुल्मी – पछिल्ला तीन दिनमा गुल्मीमा ४४ घरमा चोरी भएको छ । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले जानकारी दिनुभयाे । गुल्मीदरबार गाउँपालिका-१ अन्तरगत बलीथुममा ८ वटा र वडा नम्बर २ अन्तरगत जुभुङ्गको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुंगा नगरपालिका १३ अन्तरगत दुबिचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिनुभयाे ।
रातको समयमा चोरी गर्दै आइरहेका नचिनेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडेर घरभित्र पसी नगद तथा गरगहना लगायतका सामग्री चोरेकाे स्थानीयहरुले बताएका छन् । झिरबासकी कमला पौडेल, डिल बहादुर थापा, एलिना थापा, डिला थापा, जोग बहादुर कामीलगायत व्यक्तिहरुका घरहरुमा चाेरी भएकाे हाे ।
त्यसैगरी दुबिचौरमा मिना खत्री, कमला खत्री, खुनबहादुर खत्री, नरबहादुर थापा, विष्णु थापा, लालबहादुर खत्री, भरत खत्री, एविन्द्र खत्री, तारा बस्नेत लगायतका व्यक्तिहरुका घरबाट चोरी गरेका हुन् ।
गाउँमा चोरीका घटनाहरु बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयहरुले रातभर गस्ती अभियान सुरु गरेका छन् ।तर स्थानीयहरु एकातिर गस्ती हिँडिरहेको अवस्थामा चोरले अर्कै गाउँमा पसेर चोरी गरी फरार हुने गरेको स्थानीयहरुले बताएका छन् ।
चाडबाड नजिकिँदै गर्दा चोरीका घटनाहरु बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला र स्थानीय प्रहरी चौकिहरुबाट सुरक्षाकर्मीकाे गस्ती खटाउन थालेको छ । साथै क्षतिको विवरण संकलन तथा चोरहरुकाे खाेजतलासका लागि साधा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्याल गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी मिन बहादुर घलेले बताउनुभयाे । रासस

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer