विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ

cin bigyapan
आदर्श कोतवाल स्वास्थ्य

चोरीको घटनामा संलग्न भएको आशंकामा गुल्मीमा ८ जना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा गएको आइतबारदेखि श्रृंखलाबद्ध रूपमा ४७ घरमा चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धानका लागि ८ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिनुभयो । पक्राउ परेकाको जनाको नाम सार्वजनिक गरिएको छैन । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी चौकी मजुवामा राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजीका लागि गुल्मीमा सुरक्षाकर्मी र स्थानीयले गएको तीन दिनदेखि गाउँमा रातभर गस्ती अभियान गरिरहेका छन् ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.