कलैया बारा ।
रामसहाय यादवको करकमलले गढिमाई दर्शनार्थीका लागि सडक बनाउन १६ करोड बढीको योजना स्वीकृत भएको छ । बाराको बरियापुरमा प्रत्येक ५ बर्षमा लाग्ने विश्व प्रसिद्व गढिमाईको भव्यरुपमा मनाइने पुजा तथा मेलामा सडक, खानेपानी, स्वास्थ्य संचार तथा अन्य पुर्वाधार विकासका लागि समाजबादी पार्टीका महासचिब तथा सांसद रामसहाय प्रसाद यादवले गत भाद्र ९ गते संसदको बिशेष समय लिएर सरकारको ध्यानाकर्षण गराएको थियो । दर्शनार्थीहरुको आवत जावतमा सुबिधा हुने दृष्टिकोणले यातायात लाइ सबल बनाउने कार्य गरेका हुन् ।
योजना छनौट तथा त्यसको कार्यान्वयनको लागि लगातार पहल गर्दै आएकोमा त्यस क्षेत्र र वरपरको स्थानको सडक निर्माण तथा मर्मतकालागि नेपाल सरकारबाट १६ करोड ५७ लाख ९१ हजारको योजना असोज १४ स्वीकृत भएको छ । सांसद यादवलाइ बजेट छनौट र कार्यान्वयन प्रक्रियामा सहयोग पुर्याउनुहुने अर्थमन्त्री युवराज खतिवडा, समाजबादी पार्टीका सचिव एवं शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई बिशेष धन्यवाद समेत दिनु भएको छ ।
साथै यस कार्यमा सहयोग गर्नुहुने बारा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधी सभा र राष्ट्रिय सभाका सांसदहरुलाई समेत धन्यवाद दिनुभएको छ । गढीमाई मेलालाई मध्यनजर गर्दै खानेपानी र शौचालयको व्यवस्थापन गर्नका लागि सम्बन्धित मन्त्रालयको समेत उहाले ध्यानाकर्षण गराउनु भएको छ । मेलालाई सफल रुपमा सम्पन्न गर्नका लागि सवैले आ–आफ्नो क्षेत्रमा सहयोग पुर्याउने हुनेछ भन्ने विश्वास लिएको छु सांसद यादवले आफ्नो फेस बुक वाल मा लेख्नु भएको छ ।
र साथै अन्त्यमा बिजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण दाजुभाई दिदिबहिनी तथा शुभेक्षुकहरु सवैमा सुःख, शान्ति, सु–स्वास्थ्य एवं उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना उहाले दिनु भएको छ ।