bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश सरकारको उदासिनताका कारण अराजकता बढेको छ -युवा नेता कुशवाहा

pokhariya Holi Notice

वीरगन्ज,२० असोज/

नेकपाका युवा नेता उमेश कुशवाहाले प्रदेश सरकारको कमि कमजोरी र भ्रष्टाचारका कारण प्रदेशमा अराजकता बढेको बताएका छन । विगतदेखि बिकासमा पछाडी परेको प्रदेश २ लाई प्रदेश सरकारले बिकाशका लागी कुनै काम अगाडी नबढाएर कार्यकर्ता पाल्नमा सक्र्रिय भएपछि जनतामा निराशा छाएको बताएका हुन ।

सोमबार प्रसौनी गाँउपालिकाको वडा नम्बर ५ प्रस्टोकामा आयोजित अगुवा कार्यकर्ता बैठकमा युवा नेता कुशवाहाले प्रदेश सरकार रवाइले अराजकता बढाएपछि आफुहरुलाई सह्य नहुने ठोकुवा गरे । नेकपा बारा जिल्ला कमिटी सदस्य समेत रहेका कुशवाहा अगामी दिनमा प्रदेश सरकार आफ्नो काम कारवाहीमा सुधार नल्याए प्रदेश सरकार प्रति कठोर कद्म चाल्ने दावि गरे ।

नेकपाका जेष्ठ सदस्य बद्री साहका अध्यक्षतमा बसेको बैठकले अगामी कार्तिक २ मा नेपालीहरुको दशै तिहार तथा छठको अवसर मा शुभकामना तथा चियापान कार्यक्रम प्रस्टोका बजारमा गर्ने निर्णय गरेको छ । बैठकमा जिरजोधन चौधरी,सतोस साह लगायतका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer