कलैया, असोज २० ।।
देशलाई अन्तरास्ट्रिय स्तरमा चिनाउन हरेक रास्ट्रीय क्रीकेट टिमका लागी महत्वपूर्ण खेलाडी उपलब्ध गराउदै आएको देशकै बलियो तथा महत्वपूर्ण क्रीकेट क्लबको नामले प्रख्यात कलैया क्रीकेट क्लबले एतिहासिक रुपमा आफ्नो ४० औ बार्षिकोत्सव धुमधामका साथ मनाएको छ । क्ल्बको बिधान अनुसार सन्स्थापक सदस्यहरूले प्रत्येक बर्ष आफ्नै सल्लाहले क्लबको लागि अध्यक्ष चुनिने भएकाले फेरि नि बर्तमान अध्यक्ष तसिरुद्दिन मन्सूरलाई नै अध्यक्षमा सर्वसम्म्त चुनिएको बारा क्रीकेट संघका अध्यक्ष एवम क्लबका सन्स्थापक उपाध्यक्ष प्रभात चौरसियाले जानकारी गराए ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानिपुर स्थित श्री सिदेस्वर खेल परिसर प्राङ्गणमा सम्पन्न ४० औ साधारण सभा तथा रि युनियन क्रीकेट प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादबले दशै तिहार र छठ पर्वको सुभकामना दिदै यो क्लब हाम्रो नगरको गौरब रहेको र यसले नगरलाई देश र बिदेसमा समेत चिनाउन महत्वपूर्ण भुमिका खेल्दै आएकोले यसको समुचित बिकासका लागि उपमहानगरले कुनै कसर बाकी नराख्ने बताए । यादबले यस क्लबको बिकासका लागि हामि एक भएर लाग्नु पर्नेमा समेत उनले जोड दिएका छन ।
निरन्तर प्रयास र मिहिनेतले यस क्ल्बले हाल सम्म देशका लागि महत्वपूर्ण १८ जना अन्तरास्ट्रिय स्तरको खेलाडी दिएको आफैमा गौरवको बिशय भएकोले यश उपलब्धिलाई निरन्तर जोड्दै जानुपर्ने बताए । प्रत्येक बर्स दशैको अवसरमा आयोजना गरिने साधारण सभा तथा रि युनियन क्रीकेट प्रतियोगिताले क्रीकेट को संरक्षण र प्रवर्द्धनमा टेवा पुग्दै आएकोले यसलाई निरन्तरता दिनु पर्नेमा बारा क्रीकेट संघका पुर्व अध्यक्ष दिब्यनाथ श्रेष्ठले जोड दिए ।
क्लबका अध्यक्ष तसिरुद्दिन मन्सूरकै अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष अम्बिका यादब,बारा क्रीकेट संघका सचिव अनिल चौगाई,बिश्वास एफएमका अध्यक्ष सन्नी जैस्वाल,डाक्टर रन्जन यादब,कोहिनुर ज्वेलर्सका सन्चालक जट्टाशन्कर सरार्फ,शिक्षक पप्पु सिंह,कलैया ब्राईट ल्यान्ड बोर्डिङका सन्चालक मनोज यादब लगायतकाको उपस्तिथि रहेको थियो । क्ल्बका सचिव पन्कज पान्डेले सन्चालन गरेको कार्यक्रममा स्वागत क्लबका कोषाध्यक्ष कृस्ण शर्माले गरेका थिए ।
यश अगाडि भएको रि युनियन प्रतियोगितामा प्रथम जीवन ज्योती बचत तथा रिण सहकारी संस्था तथा दोश्रो होटेल कलैया इन् भएको थियो । बिजेता तथा उप बिजेतालाई प्रमुख अतिथि तथा बिशिस्ट अतिथिहरुले पुरस्कार स्वरुप ट्रफी उपलब्ध गराएका थिए । प्रतियोगिता भरिको इमर्जिङ्ग प्लेयर मेघराज महरा,फाइनलको म्यान अफ द म्याच सुभाष जैस्वाल,म्यान अफ द सिरिज सुरज थापा,लाइफ टाइम अचिभमेन्ट पुरस्कार जितेन्द्र यादब र सुनिल शर्मा घोषित भई पुरस्कार प्राप्त गरे । क्लबका सन्स्थापक सुशील चौगाइले क्लबको गतिविधि सन्चालन गर्न सन्स्थापक कोष स्थापना गरि सानिमा बैंक कलैया शाखामा नगद ५ लाख जम्मा गरेका छन ।