bs-show-ha bs-show-ha-a bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

शस्शत्र प्रहरीका कारण ८५ हजारको कुखुरा नष्ट : व्यवसायी संघको कथन

cin bigyapan

कलैया, बारा २१ असोज ।

सिमा सुरक्षा वलको कार्यालय बाराका कारण ८५ हजार बराबरको कुखुरा मरी नष्ट भएको बारा कुखुरा व्यवसायी संघले जानकारी दिएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी मंगलवार जानकारी दिएको छ ।

करिब ४ लाख २५ हजार बराबरको कुखुरा मध्ये ८५ हजारको मात्र मरेका छन वरिष्ठ उपाअध्यक्ष कुन्दन घिमिरेले जानकारी दिनुभयो । कागजपत्र हुदाहुदै अनाहकमा दुख दिएर कुखुरा मार्ने काम गर्नु गलत रहेको बारा कुखुरा व्यवसायी संघका सचिव मकबुल अंसारीले आरोप लगाउनु भयो ।

आदर्श कोतवाल स्वास्थ्य

कुखुराको निरोगिता प्रमाणित अर्थात भेटनरीबाट प्रमाणित कागजमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटा र विलमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १ रहेकोमा शस्शत्रको टोली नियन्त्रणमा लिई सोमवार बेलुका ८ बजेदेखि मंगलवार बिहान १२ बजे सम्म सिमा सुरक्षा वल झिटकहियामा राखेको कारण ५ क्ईिन्टल कुखुरा मरेको संघका महासचिव सुदेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

सिम्रौनगढबाट ना ४ च ६९५७ र ना ३ च १४०७ नम्बरको पिकअपवाट वीरगंज तर्फ लादै गर्दा वरियार र भुतही खोलामा वीचमा समातिएको थियो । भारतिय कुखुराको आशका र बिल तथा भेटनरीको कागज फरक रहेकोमा समातिएको शस्शत्र प्रहरी उपरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका कुखुरा र गाडी पशु क्वारेन्टटाइृन मटियर्वामा बुझाएपछि मटियर्वाले रुपेश कुखुरा फर्मबाट सो कुखुरा उत्पादन गरि संचालकको घर देवापुर टेटा र फर्म उचिडिहमा रहेको हुदा वैधानिक रहेको भन्दै छोडीदिन पत्राचार गरेपछि मात्र शस्शत्र वलको कार्यालय झिटकहियाले मंगलवार अपरान्ह १२ बजे छोडेपछि १ हजार थान कुखुरा मध्ये ५ क्ईिन्टल मरीसकेको हुदा सो क्षतिपुर्ति दिनुपर्ने व्यवसायीहरुले पत्रकार सम्मेलन माफृत माँग गरेका थिए ।

मैले पटक पटक शस्शत्र प्रहरीका मान्छेहरुलाई घर देवापुर र फर्म उचिडिहमा रहेको सम्झउदा सम्झउद नमानी १८ घन्टा नै झिटकहिया क्याम्पमा राखेको हुदा नोक्सानी व्योहोरेको फर्म संचालक ?पेश यादवले दुखेसो गर्नुभयो । यता कुखुरा चेकजाच गर्नेहरुले लापरवाही गर्ने गरेको कारण व्यापारीहरुलाई दुख भोग्नुपरेको संघका महासचिव गुप्ताले बताए ।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.