bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल

pokhariya Holi Notice

गणेश कुमार शर्मा
सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित गरेको छ ।
राष्ट्रिय जनता नेपाल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रमोद कुमार साहको रिहाइको माग गर्दै राजपा नेपालले आन्दोलन गरेको छ । राजपा नेपालले साहको रिहाइको माग गर्दै चक्काजाम गरेको हो ।
राजपा नेपाल सिरहाले दुई सयको संख्यामा सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित कटारी चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका सांसद साहको रिहाइ र बुद्ध एयरको बिरुद्धमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । मिर्चैया नगरपालिकाका नगर संयोजक अन्जय कुमार साह र रा.वि.संघको केन्द्रिय अध्यक्ष चिरञ्जीवी यादवको नेतृत्वमा प्रर्दशन भइरहेको छ ।
मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.