bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपाल र भारत सिमा क्षेत्रको समस्या समाधानको लागि दुई स्थानीय तह बिचको समन्वयले उचित प्रतिफल दिने

नेपाल र भारत सिमा क्षेत्रको समस्या समाधानको लागि दुई स्थानीय तह बिचको समन्वयले उचित प्रतिफल दिने

pokhariya Holi Notice

उषा सरदार, बिराटनगर
नेपाल र भारतको सिमा क्षेत्रको समस्या समाधानका लागि दुई छिमेकी देशको स्थानीय तहको बिचको समन्वयले उचित प्रतिफल दिने एक कार्यक्रममा बताइएको छ।

बिराटनगर महानगरपालिकाको सभाहलमा आइतबार बिराटनगर महानगरपालिकाका जनप्रतिनिधि र भारत , जोगबनी ,फारबिसगंजका जनप्रतिनिधि बिच भएको भेटवार्ताका सहभागीहरुले यस्तो बताएको हो।

सभाकक्षमा बिराटनगरका मेयर भिम पराजुली , उपमेयर इन्दिरा कार्की , प्रशासकीय अधिकृत एकदेब अधिकारी र जोगबनी नगरपन्चायत मेयर अनिता देवी , फारबिसगंज नगरपालिकाका उपमेयर मोति खान, भाजपा जोगबनी नगर पन्चायतका अध्यक्ष राजानन्द यादव र जोगबनी र फारबिसगंजका विभिन्न वडाकक पार्षद ,उपपार्षदहरु र भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश कुमार शर्मा लगायतले यो सम्बाद्ले भबिस्यमा ठुलो उपलब्धिको काम गर्ने बताउनु भएको छ।

सिमान्चल मैत्री संवाद समुह र भारत नेपाल सामाजिक सांस्कृतिक मञ्चले आयोजना गरिएको कार्यक्रममा नेपाल भारत नगरपालिका समन्वय समिती गठन गरिएको छ।आपसी सम्बन्धलाई प्रगढ बनाउदै सिमा क्षेत्रका समस्या समधानका लागि गठित समितिमा तीन नगर क्षेत्रका जनप्रतिनिधि , मञ्चका अध्यक्ष र दुबै तर्फबाट दुई – दुई वटा पत्रकार रहनेछ्न।समितिको बैठक ३ महिनामा एक पटक वा आवस्यकता अनुसार बस्ने बताउनु भयो।

बिराटनगर महानगरपालिका , जोगबनी र फरबिसगंज नगर परिषदको बिच भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया अगाडि बढाउने समेत छ्लफल भएको छ।

भेटघाटमा बिराटनगर र जोगबनी दुबै देशको सिमा क्षेत्रमा हुने बाढिको समस्या समाधान ,लागुऔषध दुरबेसनी वा ओसारपसारमा नियन्त्रण , मानव बेचबिखनमा नियन्त्रणको बिषयमा गहन छलफल भएको थियो।

जोगबनी नगर क्षेत्रको सडक एंव नाला निर्माण , मर्मत , बिस्तार र बिकासका लागि ३१ करोडको बिनियोजन भइसकेको र अबको तीन महिनामा जोगबनी क्षेत्रको सडक बनिसक्ने भारतीय जनप्रतिनिधिले आस्वस्त गराउनु भयो।

यस्तो खालको कार्यक्रमले दुबै देशको छिमेकी स्थानीय तह बिच समन्वय हुदा दुबै देशलाई फाइदा हुने र सम्बन्ध प्रगाढ बन्ने बिश्वास दुबै देशको जनप्रतिनिधिहरुले व्यक्त गर्नु भएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer