bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

महराको बयान- आफूलाई फसाउने षड्यन्त्र भएको बताए

pokhariya Holi Notice

काठमाडाैं, ४ कात्तिक — जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् ।

‘पीडित भनिएकी महिला’ रोसनीसँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी कल्पना पनि गर्न नसक्ने भन्दै महराले आफूलाई फसाउने षड्यन्त्र भएको बताएका हुन् ।

रोसनीसँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको उनको भनाइ छ । घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको उल्लेख गरे ।

Simraungadh Holi Notice

महराले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले आफू महिलाको घर नै नगएकाले घटनास्थलमा भेटिएका रक्सी, जुत्ताको तलुवा र चस्मा आफ्नो नभएको दाबी पनि गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरासँग लिने बयान सकिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ ।
यसैबीच पीडित भनिएकी महिलाले प्रहरीसमक्ष दिएको किटानी जाहेरीविरूद्ध जिल्ला अदालतमै पुगेर आइतबार लिखित निवेदन दिएकी छन् । सोधपुछका लागि भनेर बोलाएको प्रहरीले नौ घन्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दबाब दिएर करणी प्रयास गरेको निवेदन दर्ता गराएको उनको दावी छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.