bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगन्जको मेनरोड फराकिलो गर्ने कार्य रोकियो !!

pokhariya Holi Notice

वीरगन्ज,६ कार्तिक  – छठ पछि फराकिलो गर्ने काम शुरु हुने भनिएको वीरगन्जको मुख्य सडकको काम कार्तिक २४ गते सम्मको लागि पछि सरेको छ । यस अघि सडक विभागले छठपछि बाटो फराकिलोको गर्ने कार्य अगाडी वढने निर्देशन जारी रहेको थियो । सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीले आसोज ८ गते प्रधान मन्त्री तथा मन्त्री परिषद्को कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको कारण मेनरोडको बाटो फराकिलो गर्ने कार्य कार्तिक २४ गते सम्मको लागि रोकिएको हो ।

सवोच्चले अन्तरिम आदेश जारी गर्ने बिषयमा रिट निवेदकहरुको माग उपर दुवै पक्षलाई छलफलको लागि कार्तिक ४ गते बोलाएको थियो । तर सोबार न्यायधीश कुमार रेग्मी आफै सर्वोच्चमा उपस्थित हुन नसके पछि अदालतले कार्तिक ४ गते हुने भनिएको छलफल कार्तिक २४ गते हुने मिति तोके पछि मेन रोडको बाटो फाराकिलो गर्ने कार्य कार्तिक २४ गते सम्मको लागि टरेको छ । अदालतको तर्फबाट मिति २०७६/५/ ६ गतेको सूचना यथास्थितीमा राख्न आदेश सहितअल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । छलफल नभए पछि अल्पकालिन आदेश सक्रिय रहने कानुन विद्हरुको भनाई रहेको छ ।

कार्तिक २४ गते हुने छलफल पछि मात्र बाटो फराकिलो गर्ने /नगर्ने बिषयमा निर्णय हुने कानुन व्यवसायीहरुको भनाई रहेको छ । यता वीरगन्ज बाटो फराकिलो गर्ने बिषयको अन्यौलता कायमै रहेको छ । मेन रोड फाकिलो गर्ने हल्लाले बीरगन्जको बजारमा चाडवाडमा पनि रौनकता देखिएको छैन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer