Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

नेपाल अब नेपाल रहेन , हामि कुन देशमा छौ ?

प्रशौनी छठ ०२२
0 7,247
cin bigyapan
फेटा छठ ०२२

बारा, फाल्गुन ०७।। हाल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र को अभ्यासमा रहेको छ। तर हाम्रो नेपालको अवस्था स्थिति परिस्थिति भने न आखा बन्द गर्ने अवस्था छ नत्र हेर्ने अवस्थामा । देशको बारेमा सबै ले सोची रहन्छन कि हाम्रो देशको अवस्था दिन प्रतिदिन खराब हुदै गैरहेको छ । तर समय आएको बेलामा आफै माताको प्रसाद जस्तै बिकेको हुन्छ । जसको फल स्वरुप नेपालमा निन्दनिये हत्या हिँसा बलात्कार भ्रस्टाचार लगायतका बिकृतिहरु बढेकोछ । जनताले कुन माकुरोको जालोमा परेका छन् कि आफैले आफैलाई ध्वस्त पारिरहेका छन् । देशमा भैरहेको राजनीति ले गर्दा गरिब सोझा जनता नेताको सिकार बनेका छन् । आफु कुर्सीमा बसी जनताको रगत लामखुट्टे जस्तै रगत चुस्नमा व्यस्त छन् । जुन लामखुट्टेको फैक्ट्री घरघरमा नै रहेको छ त्यसलाई कसरी केगर्ने भने कुनै औषधि गर्न सकिरहेको छैन।

पचरौता छठ ०२२

नेपालमा ९५ प्रतिसत हिन्दु रहेको बेलामा अरु कुनै जाति लाइ कसैले दोसी बनाउन सक्दैन सबै दोष हुन्दु बादी लाइ नै लिनु पर्छ । किनकि नेपालको वर्तमान राजनीति ले नेपाललाई ड्राइवर जस्तै हाक्ने हरुले आफुलाई बिधातानै बुझी जनतालाई हरेक दृष्टि ले आफ्नै कोठामा बसी मनलागेको नियम कानुन बनाइ हावामा गफ्दिने वाहेक अरु केहि नगेरेको जनताको बुझाइ रहेको छ । यी राजनीतिक दलाल हरुले हाम्रो सुन्दर शान्त बिशाल देशलाई आफ्नो निजि स्वार्थमा सखाप पारिरहेको जनताहरुको बुझाइ रहेको छ । हाम्रो देश नेपाल विश्वमा चिनाउने आजको समयमा यी राजनीति ले गर्दा यी दलालहरुले अरु देशबाट बिक्रि भई हिन्दु राष्ट्र बाट धर्म निर्पेक्ष राष्ट्र घोषणा गरेको नेपाल विश्व हिन्दु महासंघ का केंद्रिये वरिष्ट उपाध्यक्ष विजय प्रकाश निषाधले आफ्नो धारणा राखेका थिए ।

नेपालमा विभिन्न एनजीओ आई एनजीओ बाट देशमा विभिन्न बिकासको काम विदेशीहरुले गर्न लगाएर आफ्नो नाम कमाउनुको साथै आफ्नो धर्म हाम्रो देशमा लाद्न खोज्दा खोज्दै आज हाम्रो देश धर्म निर्पेक्ष राष्ट्र घोषणा भएको छ । हाम्रो देश नेपाल एउटा गरिब मुलक भएकोले विदेशी एनजीओ आई एनजीओ को सहाराले नै आफ्नो जिउको उपार्जन गर्न बाध्य भएको गाउ गाउमा धर्म परिवर्तन गराउने हरुको बिगबिगी भएको पनि उलेख गरेका थिए । हाम्रो देश नेपाल हरेक कुराको खानि भए तापनि यहा कसैले आफ्नो श्रोत साधनको उपायो गर्नुको साटो विदेशबाट भिक्षा माग्ने बानिबसेकोले आफुले गर्न नचाहि जनताको रगतमा राजनीति गरि रहेको पनि उलेख गरेका थिए ।

यति मात्र नभई हाम्रो देश कसरि सबल सुखी सम्मपन हुन्छ भन्ने बारेमा कुनै चासो नराखी आफु कसरि सत्तामा टिकी रहन्छु भन्ने सोचले नै गर्दा हाम्रा सुन्दर शान्त बिशाल नेपालका नेपालीले आज खाडि मुलकमा गएर परिवार लाइ भरण पोषण गर्न बाध्य रहेको र त्यसमा पनि आफ्नो जिउ धनको कुनै सुरक्षा नभएकोले प्रत्येक दिन आफ्नै कोखमा नौमहिना सम्म पालेर जन्म दिएका आमाको सामु आफ्नो छोराको अन्त्येस्टि बुबा काकाले गर्नु परेको बाध्यात्मक अवस्था रहेको छ ।

cin bigyapan

हाम्रो देश नेपाल कुन बाटो समाएर कुन दिशामा कता गैरहेको बारेमा अब पनि नेपालि जनताले नबुझे हामि नेपालि कुन देशको गुलाम हुने भन्ने बारेमा हामी कल्पना गर्न सक्दैनौ । किनभने हाम्रो देशको पार्लियामेन्टमा पनि अरु अरु धर्मको संरक्षण गर्ने हरु रहेको कुरा पनि निशाधाले उलेख गरेका थिए । खुल्याम रुपमा राजनीतिक दले हिन्दु धर्म लाई विरोध नगरी जनताले नबुझ्ने गरि बिरोध गरी हिन्दुत्व लाइ सखाप परि रहेको आरोप लगाए । लागाएको आरोपलाई प्रमाणित गर्न लाइ मलेसिया र संघापुर् को बारेमा चर्चा गर्दै अरु देश हरुको उदाहरण दिएका थिए । हिन्दु हरुको महान पर्व दिपावलीको छुट्टी मलेसियामा दुइ दिन र संघा पुरमा एक दिनको मात्र दिईने गरिन्छ । तयस्तै हाम्रो नेपाल मा हुन्दु हरुको हिन्दुत्व समाप्त गर्न लाइ हुन्दु धर्मका पर्वमा कुनै चासो नराखी अरु धर्म लाइ बढावा दिदै आएको पनि उल्लेख गरेका थिए । यहा सम्म कि ने।क।पा। ए- माओबादी का प्रभाबशाली नेता क।कृष्ण बहादुर महारा कृश्च्यन धर्ममा प्रबेश गर्न नेपालगन्जको गोसाइ गाउँको चर्चमा , पास्टरको सपथ लिएको कुरा समेत उल्लेख गरेका थिए ।

हामि कुन देशमा छौ र कसको इसारामा हाम्रोदेश चलि रहे छ कि हामीलाई रोक लगाएर हाम्रो अर्थ तन्त्रलाई कम्जोर पारि रहेका छन् तर अरु अरु देशमा त्यो कार्य को मान्यता दिएर गर्न दि रहेका छन् । हाम्रो देशमा गाजा खेति स्वास्थ्यको लागि हानिकारक हो भनि रोक लागाइएको छ। तर थाइल्याण्डको अन्तरिम संसदले औषधिका लागि आवश्यक गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ । नशाका लागि गाँजा उपयोग गैरकानुनी रहेपनि औषधिका लागि आवश्यक मात्रामा प्रयोग गर्न सकिने उल्लेख छ । नयाँ नारकोटिक्स विधेयक पारित गर्दै दक्षिण पूर्वी एसियामा पहिलो मुलुक बनेको छ । गाँजा मस्तिष्क, मानसिक समस्या तथा पेट सम्बन्धी समस्याका औषधि बनाउन प्रयोग हुन्छ । औषधिमा प्रयोग गर्नका लागि गत वर्ष नै जर्मनी, अष्ट्रेलिया र आईरल्याण्डले मान्यता दिएका छन् । क्यानडामा पनि यसैवर्ष गाँजाको उपयोग खुलाउने कागजपत्र साथमा रहे गाँजाको खरिद बिक्रि गर्न सकिने नयाँ कानुन पारित भएको थियो ।

नेपाल विश्व हिन्दु महासंघ का केंद्रिये वरिष्ट उपाध्यक्ष विजय प्रकाश निषाध को अध्यक्षतामा जिल्ला कार्य समिति को पुनरा गठन गरिएको छ। गठन कायक्रममा , केंद्रिये सचिव अविषेक तिवारी, राम अयोध्या महतो, विशाल तिवारी, डा। सरोज साह, नगर महिला संगठनको नारायणी अँचल प्रमुख संगीता उप्रेती, पण्डित पुरुषोतम दुवे, मनोज साह, मधेश जान विद्रोह समितिका केंद्रिये सदस्य अजय पटेल, मधेशका चर्चित गायक धुरेंद्र सहनी (लाठि फ़ठा वाला) , चन्दन सिंह प्रदिपं सरार्फ(मुन्ना), अवधा किशोर साह, दिप नारायण यादव, दिपेश श्रीवास्तव, अनिल सह, योगेन्द्र शर्मा, सरोज प्रशाद लगायत को सहभागिता रहेको थियो ।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer