CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.

जयमंगलापुर मा कुश्ती प्रतीयोगीता सम्पन्न

0 837
Bara Gadhi Notice winter

लालबाबु बानिया, पोखरिया, ११कात्तिक ।

दिपावली र छठ पर्व को अवसर मा पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका को वार्ड नं ३ जयमंगलापुरमा कुश्ती प्रतीयोगीता सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिका वार्ड नं ३ जयमंगलापुरमा रहेको सातोमाई को मेला को अवसर मा दिपावली को भोलि पल्ट कुश्ती प्रतीयोगीता हुनेगरेको वार्डअधयक्ष बिनोद साह कानु ले बताए ।

कुश्ती प्रतीयोगीताको उद्घाटन गापा अध्यक्ष मनोज कुमार गुप्ताले फिता काटेर उदघाटन
गर्नुभएको थियो । प्रतीयोगीताको उद्घाटन गर्दै उहाँले कुश्तीबाट बुद्धिको विकास हुनुका साथै शरीर पनि दुरुस्त रहने भएकोले मानिसको स्वस्थ जिवनका लागि पनि कुश्ती प्रतीयोगीताको महत्व रहेको बताउनुभयो। खेल र कुशती को माध्यम बाट देश बिदेश हरु र देश र गाउँ को नाउँ चिनाउने गर्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

उहाँले गाउँपालिकामा प्रत्येक वर्ष लाग्ने मेलामा यस वर्षदेखी गाउँपालिकाको तर्फबाट कुश्ती प्रतीयोगीताको आयोजना गरिएको समेत जनाउनु भयो । प्रतीयोगीतामा नेपाल र भारतका महिला तथा पुरुष पहलवानहरुको सहभागीता रहेको थियो । कुश्ती प्रतियोगिता मा काठमाडौ का देवा थापा ले पाचौं जोड लाई पराजित गरेको थियोे ।
प्रतीयोगीतामा बनारसकी महिला पहलवान सबिता यादव ले गोरखपुर का शोनी
लाई पराजीत गरेकी छिन।

नवलपरासी का सुमित दास बैरागीले गोरखपुरका जितेन्द्रू पहलवानलाई पराजीत गरेका थिए । नेपालको मिर्जापुर का लक्षमण यादव ले भारत बनारस को जगदिश पहलवान लाई पराजित गरेका छन। नेपालका रामाकान्त यादवले कुशीनगरका राजेश पहलवान लाई पराजीता गरेका थिए ।भारत का चमपारण केशरी अात्मा पहलवान लेअवधेश पहलवान लाई पराजित गरेका छन।भारत उतरप्रदेश को जगदीश पहलवान ले , विहारका जोगेन्द्र पहलवान लाई पराजित गरेका छन।

भारतका गुड्डु पहलवानलाई पराजीता गरेका थिए ।कुशती प्रतियोगिता वार्डअधयक्ष बिनोद साह कानु को अध्यक्ष्ातामा समपन भएको थियो। कुशती प्रतियोगिता कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, जिल्ला समन्व समिति पर्सा का सदस्य सुबास साह, समसुल मिया, वडा अध्यक्ष मौजीलाल साह कानु, महेन्द्र कलवार , राजबली यादव,रामबालक गदी , सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली,ईलाका प्रहरी कार्यालय पोखरिया को प्रहरी नायब निरिक्षक रामबालक यादव, नेपली काँग्रेसका नेत नवीन सिंह, बिजय चौरसिया, दिपेन्द्र सिँह ,ज्ञानबहादुर साह, रामबहादुर साह, सुनिल वर्मा, लगायतको उपस्थिती रहेको थियो ।

प्रतीयोगीतामा विजेता पहलवानलहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो । यो मेला प्रतेक वर्षको दिपावलीको भोलि पल्ट लागने गरेकोले सोही अवसर कुश्ती प्रतियोगिता भएको थियोे । कुश्ती प्रतियोगिता मा जानु भन्दा अगाडि गापा अध्यक्ष गुप्ता ले सातोमाई को मंदिर मा बिधवत रुप मा पुजापाठ गरिएको थियोे ।

Baiju sah
Leave A Reply

Your email address will not be published.