CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.

मन्त्री बिष्ट ४ घण्टा रेसुङ्गामा, आकर्षणको नाममा प्राकृतिक बिशेषता नमास्न आग्रह

0 495
Bara Gadhi Notice winter


गुल्मी, १६ कार्तिक। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले चार घण्टा पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गामा बिताएका छन् । सरकारले आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० कै सन्दर्भमा रेसुङ्गाको थप विकास र समृद्धिको संभावनाको अध्ययन एवं अवलोकन गर्न बिष्ट रेसुङ्गा पुगेका थिए ।
शनिबार रेसुङ्गा पोखरी, यज्ञशाला, सिद्धबाबा मन्दिर, भ्यु टावर लगायतका स्थानको अवस्थाको बारेमा जानकारी लिएका थिए । सोहि क्रममा मन्त्री बिष्टले स्थानीय पुर्वाधार विकास साझेदारी परामर्श समितिको बैठक समेत रेसुङ्गाको यज्ञशालामा संचालन गरेका थिए । उनले बैठकमा पर्यटकीय आकर्षणको नाममा प्राकृतिक संरचना र बिशेषता मर्न दिन नहुनेमा जोड दिए । मन्त्री बिष्टले पर्यटकलाई रेसुङ्गाको धार्मिक महिमासंगै प्राकृतिक आनन्दता प्रदान गर्नुको विकल्प नभएको बताए । उनले स्वदेश तथा देश बाहिरबाट आउने पर्यटकले प्राकृतिक बिशेषताहरुको अवलोकन गर्ने भएकाले रेसुङ्गालाई अनावश्यक कृत्रिमताको श्रृङगार नगर्न समिति र सरोकारवालालार्य आग्रह गरे ।
रेसुङ्गासंग जिल्लाको समृद्धि जोडिएकाले योजनावद्ध विकासमा सरकार गम्भीर ढंगले लागेको बिष्टको भनाई छ । उनले बिद्यार्थीकालदेखिको आत्मीयता जोडिएकाले रेसुङ्गाको विकासमा आफु सधै सकरात्मक रहेको प्रतिक्रिया दिए । साथै बिष्टले त्यसका लागि रेसुङ्गको गुरु योजना निर्माण भए बजेटमा कुनै समस्या नपर्ने समेत बताए । मन्त्री बिष्टले चारघण्टासम्म रेसुङ्गा क्षेत्रको अवलोकन गरेका थिए । जिल्लाको समृद्धिको आधार कृषि र पर्यटन हो ।
रुरु, रेसुङ्गासंगै जिल्लाका अन्य पर्यटकीय स्थलहरुको संरक्षण, विकास र प्रचारप्रसारमा स्थानीय तहहरुको ठुलो भमिका रहेको छ । त्योसंगै ठुला संरचना निर्माणमा प्रदेश र केन्द्रिय सरकारले सहयोग गर्ने मन्त्री बिष्टले स्पष्ट पारे । रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेस गरेको छ । अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको काम भइरहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
मन्त्रीसंग जनप्रतिनिधिको गुनासो : कर्मचारी कहिले आउँछन् ?
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसंग जनप्रतिनिधीले कर्मचारी अभाबको बारेमा गुनासो गरेका छन् । उनीहरुले कर्मचारी स्थानीय तहमा नआउँदा सेवा प्रबाह समेत रोकिने अवस्था आएकाले केन्द्र सरकार गम्भीर बन्न आग्रह गरे । ‘भएका कर्मचारी पनि समायोजनले गए, अव को आउने पत्तो छैन,’रुरु क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले भने,‘जनताका सिफारिस रोकिने आवस्था आयो ।’
जिल्ला समन्वय समितिको सभाहलमा मन्त्री बिष्टले जिल्लाका जनप्रतिनिधीसंग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटले कर्मचारी नपठाए करार कर्मचारी नियुक्तिको बाटो स्थानीय तहलाई दिनुपर्नेमा जोड दिए । उनले जनताले सिटामोल नपाउने अवस्था आएपछि अहिले स्वास्थ्य संस्थाहरुमा जोखिम मोलेरै कर्मचारी राखेको बताए । त्यस्तै मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले केन्द्र र प्रदेशले स्थानीय तहलाई डस्विनको रुपमा प्रयोग गरेको आरोप लगाए । जनप्रतिनिधीहरुको सुझावलाई संबोधन गर्दै मन्त्री बिष्टले मन्त्री परिषद्मा कर्मचारी अभाव र अन्य स्थानीय तहको समस्याको बारेमा बहस गर्ने आश्वासन दिए ।

Baiju sah
Leave A Reply

Your email address will not be published.