कलैया, बारा ।
भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको निर्णय लाइ राजपा नेपाल बाट निर्वाचित सांसद रमेश यादवले स्वागत योग्य भएकोले त्यस फ्फैसला लाइ स्वागत गरेका छन्। राम मन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिन समेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ।
विश्व भरका हिन्दूहरुको मुख्य आस्थाको केन्द्र राम मन्दिर हो। भारतको सर्वोच्च अदालतको फैसला लाई राजपा नेपाल हार्दिक स्वागत गर्दछ भने आफ्नो अभिव्यक्ति सिअई एन नेपाल संग कुरा गर्दै बताए । ऐतिहासिक फैसला गर्ने मित्र राष्ट्र भारतका मुख्य न्यायाधीश गोगोई सहित न्यायाधीशहरू शरद अरविंद बोबडे, डीवाई चन्द्रचूड, अशोक भूषण, अब्दुल नजीरले सर्वसम्मत गरेको फैसलामा अबको तीन महिना भित्र ट्रस बनाउन मन्दिर निर्माण गर्ने गरेको निर्णय प्रति उहाँहरु लाई सांसद यादवले हार्दिक बधाई सहित आभार समेत ब्यक्त गरेका छन।