माटो, हावापानि अनुसारको वीजले मात्र कृषकको अपेक्षा अनुसारको वाली उत्पादन हुने
बिउ व्यवसायीलाइ कृषि अझ प्रभावकारी बनाउन नगर प्रमुख सरावगीको अनुरोध
नगर प्रमुख सरावगीले नेपाल कृषि प्रधान मुलुक भएपनि राज्यको उदासिन्ताले यो क्षेत्रथलो पर्दै गएको बताउदै महानगर भित्रको कृषिलाई प्रभावकारी बनाउन कृषि कर्मचारी,विउ व्यवसायी र महानगरपालिकाले संयुक्त रुपमा सहकार्य गर्न आफु तैयार रहेको बताउनु भयो ।प्रदेस अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक तुर्फेल अख्तर,विउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष छोटेलाल साह,डा रामचन्द्र यादव ,डा कैलास प्रसाद फुर्तेल लगायतका व्यक्तिहरुले मधेसको कृषिको अवस्था र बिउ व्यवसायको चुनौती बारेमा धारणाहरु राख्नु भएको थियो ।