bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मी चन्द्रकोटमा ३ जना हत्या गर्ने दुई अभियुक्त सार्बजनिक

pokhariya Holi Notice


२९ कात्तिक, गुल्मी । गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारा सार्बजनिक गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबको पहिचानसँगै हत्यारा सार्बजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रवार पत्रकार भेटघाटको आयोजना गरेर बेवारिसे शबको पहिचान र हत्या गर्ने हत्यारालाई सार्बजनिक गरेको छ । हत्यारमा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्ण बहादुर सुनार र १९ वर्षिय माधव सुनारलाई सर्बाजनिक गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी)राजेन्द्रसिंह खड्काले बताए ।
कार्तिक १६ गते शनिवार बेवारिसे अबस्थामा फेला परेको शबको हत्यारा पक्राउ परेसँगै पहिचान भएको हो । हत्या हुनेहरुमा मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिय जुमल्या छोरी जंगा र जमुना रहेको प्रहरीले सार्बजनकि गरेको छ ।
दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो । सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
फेला परेका ३ वटै शबलाई पोष्ट मार्टम पछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । शबको पहिचाहन पछि पोष्टमार्टम पछि परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरिक्षक खड्काले बताए ।
हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको छ । तिन जनाको निर्मता पूर्वक हत्या गरि कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा शब फेला परेको थियो । सर्बजनिक गरिएका २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer